असार ४, लमजुङ बेसीशहर–मनाङ सडक खण्ड अन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्थित बुङझरना नजिकै आज बिहान पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। सडक माथिबाट अचानक खसेको पहिरोले सवारी आवागमन ठप्प बनाएको हो। घटनापछि तत्कालै प्रहरी टोली घटनास्थलमा खटिएको छ भने सडक खुलाउन सडक आयोजना तथा स्थानीय निकायसँग समन्वय गरेर काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको […]
नारायणी नदीको बाढीले झोलुङ्गे पुल बगायो
चितवन । नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ स्थित झोलुङ्गे पुल बगाएको छ । न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गए राति ११ः३० बजे बाढीले दुवैतर्फको पिल्लर भत्काई पुल बगाएको हो । नारायणीमा पानीको बहाव नघटेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई […]
बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल
गलेश्वर (म्याग्दी) — बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको सयममा यात्रा नगर्न अनुरोध गरिएको हो । राति यात्रा गर्दा बाढीपहिरोमा परिने र उद्धारमा समस्या हुने भएकाले यात्रा नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । […]
मनाङमा हिउँमा खेल्दै, पढ्दै विद्यार्थी
मनाङमा हिउँद लागेसँगै बिदा भएका विद्यालय खुल्न थालेका छन्। जाडो बढेसँगै बन्द भएका मनाङका विद्यालय फागुनदेखि खुल्न थालेको शिक्षा तथा समन्वय एकाइ मनाङले जनाएको छ। विद्यालय खुलेसँगै हिमपात भएपछि विद्यार्थी हिउँसँगै पढ्दै आएको शिक्षा तथा समन्वय एकाइ मनाङका प्रमुख मतिलाल चपाईंले बताए। उनका अनुसार विशेष गरी माध्यमिक शिक्षा परीक्षा ९एसइई०लाई मध्यनजर गरी मनाङका तीन विद्यालय […]
मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस
हिमाली जिल्ला मनाङको तापक्रम दैनिक रूपमा घट्दै गएको छ। माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ। दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ। हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ। प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम घट्दै गएको हो। हिमपात कम भए पनि यहाँको तापक्रम मापन […]
४० प्रतिशत हिउँ लोप हुने खतरा ! – ‘हिन्दकुश हिमालय क्षेत्रको पानी, हिउँ, समाज र पारिस्थिकीय प्रणाली’ अध्ययन
एक अध्ययनका अनुसार पृथ्वीको सरदर तापमान एक दशमलव पाँचदेखि दुई डिग्री सेन्टिग्रेड बढेको अवस्थामा हिन्दकुश हिमालय क्षेत्रको ३० देखि ४० प्रतिशत हिउँ लोप हुने खतरा रहेको देखिन्छ। नेपालसहित आठ राष्ट्र सदस्य रहेको अन्तर–सरकारी निकाय अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले मंगलबार सार्वजनिक गरेको एक अध्ययनअनुसार विश्वको सरदर तापमानमा भएको बढोत्तरीका कारण पछिल्ला वर्षमा हिमनदी, […]
‘हिमपातको सम्भावना छ, पर्वतारोहण र पदयात्रा गर्दा सावधानी अपनाउनू’ – मौसम विभाग
हाल देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हिमाली भू-भागका थोरै स्थानमा […]
वर्षाको सम्भावना; कहिले, कहाँ, कती ?
हाल देशभरको मनसुनमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी र मधेश प्रदेशका एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १, बागमती प्रदेश […]
आज यी क्षेत्रमा वर्षाको सम्भावना
काठमाडौं, ७ साउन: आज मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । बिहान काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मुलुकका केही स्थानमा वर्षाको सम्भावना […]
यसरि उद्दार गर्छ सेनाले (फोटो फिचर)
सुर्खेत, ८ असार: वर्षायामबाट हुने सम्भावित हानी ,नोक्सानीलाइ रोकथाम तथा उद्धार गर्नका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वयमा बिभिन्न अभ्यासहरु गरिएको छ । विभिन्न विपदको समयमा अग्रमोर्चामा रहेर काम गर्दै आएको नेपाली सेना र अन्य सुरक्षा निकायको सक्रियता उक्त विपद प्रतिकार्य अभ्यास गरिएको नेपाली सेना चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्याम शरण गोतामले […]