ऐतिहासिक पुल जीर्ण: पैसा छ, छैनन् कालीगढ

तनहुँ, २४ चैत  – जिल्लाको भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने सेतीनदीमाथिको ऐतिहासिक झोलुङ्गे पुल ओझेलमा परेको छ। राणाकालीन समयमा निर्माण गरिएको उक्त पुल जीर्ण अवस्थामा पुग्दा दक्ष कालीगढ नपाउँदा संरक्षण हुन नसकेको हो। पुरातात्विक महत्वको झोलुङ्गे पुलको संरक्षणको लागि नगरपालिकाले बजेटसमेत विनियोजन गर्दै आएको नगरपालिकाकाप्रमुख मेखबहादुर थापाले बताउनुभयो। पुलको संरक्षणको लागि विज्ञ टोलीको खोजीकार्य […]

गण्डकीसहित चार प्रदेशमा अप्टिकल फाइबरको अड्को

काठमाडौँ, ११ चैत (रासस)- गण्डकी र लुम्बिनी अन्तर्गतका २१ जिल्लामा दुई हजार १६० किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कामको शुरु नै हुन सकेको छैन।यसैगरी कर्णाली र सुदूपश्चिममा फाइबर बिछ्याउने काम शुरु गर्न सकेको छैन। देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म ७६७ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न गरिएको छ। नेपाल दूरसञ्चार प्राधिरकणले दुई […]

सस्तो उपकरणले चिसोमा बिजुलीको मागलाई धान्न नसकेपछि

वाशिङ्गटन, ९ फागुन (रासस/एएनआई)- माइक्रोसफ्टका सह–संस्थापक र परोपकारी बिल गेट्सले टेक्सासमा सस्तो बिजुली उत्पादन गर्ने उपकरण सञ्चालन आउन नसक्दा सेवाग्राही मर्कामा परेको भनी अमेरिकी ऊर्जा कम्पनीहरूको आलोचना गर्नुभएको छ। अमेरिकी राज्य टेक्सासको अत्यधिक चिसो मौसममा उर्जा उत्पादन गर्ने कमसल उपकरणहरूले काम नगर्दा उक्त राज्यले लोडसेडिङको मार सहन परेको बताउनुभएको हो। विद्यूत आपूर्ति नियमित हुन नसक्दा […]

विकट गाउँमा फोर जी सेवा

सोलुखुम्बु, ५ फागुन (रासस) हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये छ वटा पुनःसञ्चालन भएको नेपाल टेलिकमको कार्यालय ओखलढुङ्गाले जनाएको छ । कार्यालयका प्रमुख दिनेशचन्द्र पन्थीका अनुसार सोलुदूधकुण्ड नगरपालिकाको पत्ताले, सोताङ गाउँपालिकाको सोताङ र थुलुङ दूधकोशी गाउँपालिकाको काङ्गेलमा बिहीबार बेलुकीबाट सो सेवा सञ्चालन […]

अर्थोडक्स चियाका अनेक स्वाद चिनाउँदै ब्रदर्श अर्थोडक्स टी प्रोडर्सस

इलाम, २ फागुन (रासस)- उद्योग आसपास जब नयाँ मान्छे पुग्छ, उद्योगी छेउमा पुग्छन्। चिनजान गर्छन्। खबर सोधासोध हुन्छ। सँगै घुमघाम गर्छन्। अनि उद्योगीले आफ्नै उद्योगमा पाहुनालाई आमन्त्रण गर्छन्।  उद्योगको आफ्नै “क्याबिन”मा बसाउँछन्। अनि सोध्छन्,”कुन चिया लिउ ?” पाहुनाको जवाफअनुसार चिया बनाइन्छ। कसैले छनोट गर्न नसके पनि मिठै चिया पिलाउँछन्। आफ्नो क्षेत्रमा आउने पाहुनालाई गर्ने सत्कार […]

फाइभ जीको फ्रिक्वेन्सी निर्धारण

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेनसी निर्धारण गरेको छ । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी बोर्डले स्वीकृत गरेसगैँ फाइभजी सेवा विस्तारको बाटो खुलेको हो । प्राधिकरणले निर्धारण गरेको फाइभजीको फ्रिेक्वेन्सी स्वीकृतिका लागि राष्ट्रिय रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा प्रस्ताव पेश गरिएको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार फोरमले गरेको […]

के नयाँ प्रविधिले रेडियोलाई मार्दैछ? गाउँतिर धकेल्दैछ?

– रिपेश दाहाल वाग्मती(रासस): आज फेब्रुअरी १३ अर्थात दशौँ विश्व रेडियो दिवस। आज देशका हजारौँ सञ्चारकर्मीहरूले यो दिवस मनाइरहेका छन्। स्पेनको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २०११ देखि हरेक फेब्रुअरी १३ तारिकका दिन रेडियो दिवस मनाउन थालिएको हो। सबैभन्दा प्रभावकारी सञ्चारमाध्यमका रूपमा रहेको रेडियो आमनागरिकका लागि सर्भसुलभ, कम खर्चिलो तथा सर्वव्यापी पनि छ। प्रविधिको […]

धौलागिरि अस्पताल ढुक्क: अब पहिराले पानी रोक्दैन !

–तारानाथ आचार्य बलेवा, ३० माघ (रासस) – बागलुङ बजारमा १६ किलोमिटर टाढाको मुहानबाट पानी आउँछ। काठेखोला गाउँपालिकाको रेशखोला र भुँदीखोला मुहानबाट आउने पानीले स्थानीयवासीको प्यास मेटाएको छ।  हिउँदमा बिहान बेलुका पालो बाँडेर आउने पानी वर्षात्को समयमा आउने नआउने टुङ्गो हुँदैन। लामो दूरीको पाइप कहिले बाढीले बगाउने त कहिले पहिरोको समस्या। एक ठाउँमा पाइप फुटेपछि हप्ता […]

मनाङमा नेपाल टेलिकमको जीएसएम सेवा

मनाङमा सञ्चारसँग जोड्न जिल्लाभित्र बिभिन्न प्रयासका कामहरू भैरहँदा अब जिल्लाको चारवटै स्थानीय तहमा नेपाल टेलिकमको जीएसएम सेवा सञ्चालनमा आएको छ ।   भर्खरै मात्र मनाङको माथिल्लो क्षेत्र मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङमा नेपाल टेलिकमको मोबाइल टावर स्थापना गरी सञ्चालनमा आएको छ । पिसाङको उपल्लो पिसाङको गुम्बानजिकै राखिएको नेपाल टेलिकमको टावरको मनाङका निर्वाचित प्रतिनिधिसभाका सदस्य पोल्देन छोपाङ […]