विद्युती सवारीमा राजनिति: टेस्लाका कारमा प्रतिबन्ध

बेइजिङ, ८ असार: जुलाई १ देखि सुरु हुने चिनियाँ नेतृत्वको महत्वपूर्ण वार्षिक बैठक स्थल बेइडाइहे सहरमा अमेरिकी विद्युती सवारी निर्माता टेस्लाका कारहरूलाई २ महिनासम्म प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ ।     बेइडाइहे ट्राफिक पुलिस ब्रिगेडका एक अधिकारीले टेस्लाका कारलाई प्रतिबन्ध लगाइने पुष्टि गरेका छन् ।     यसको आधिकारिक घोषणा चाँडै हुने जनाइएको छ […]

चिनको विकास (फोटो फीचर)

यो हवाई फोटोमा, चीनको केन्द्रीय हेनान प्रान्तको लुओयाङ मा सियाओलाङ्दी जलाशय बाँधबाट पानी बगिरहेको देखिन्छ। (RSS Photo by STR / AFP) / China OUT) चीन-अर्थतन्त्र -ऊर्जा   चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट सोमबार विद्युत परीक्षण उत्पादन शुरु भएको छ ।    

चीनको उपग्रह प्रक्षेपण

एक नयाँ संचार टेक्नोलोजी प्रयोग उपग्रह ११:४१ (बेइजि टिमे समय) बजे प्रक्षेपण गरिएको छ। दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको क्सिचङ उपग्रह प्रक्षेपण केन्द्र वाट प्रक्षेपण गरिएको हो ।  

जलवायु परिवर्तनको प्रभावले यही वर्ष दुई पटक वर्षा र बाढीका कारण ठूलो जनधनको क्षति – मन्त्री भुसाल

‘जलविद्युत् परियोजनामा बाढी पूर्व सूचनाप्रणालीको व्यवस्था तथा स्थानीय निकायहरूसँगको सहकार्य र समन्वय’सम्बन्धी कार्यक्रममा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पछिल्ला घटनाक्रमहरूले जलवायु परिवर्तनका जोखिमहरू बढाउँदै लगेको बताएकी छन् ।   मन्त्री पम्फा भुसालले भनिन, जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमको उचित व्यवस्थापन नेपालका लागि चुनौती बन्दै गएको छ । जलवायु परिवर्तनको प्रभावले यही वर्ष दुई पटक […]

विद्यार्थीलाई सुविधा ; काठमाडौंमा पढिरहेकालाई निःशुल्क इन्डक्सन चुल्हो

काठमाडौंमा भाडामा बसेर स्नातक र स्नातकोत्तर अध्ययन गरिरहेका उपत्यकाबाहिरका विद्यार्थीलाई निःशुल्क विद्युतीय (इन्डक्सन) चुल्हो वितरण गर्ने भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विभिन्न परियोजनामा भएको टेन्डरपछि बचत भएको बजेटलाई उपयोग गर्ने गरी यस्तो योजना ल्याएको हो ।     ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको निर्देशनअनुसार केन्द्रले सरकारी तथा सामुदायिक क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुबाट आवेदन […]

क्रिप्टो कारोबार – विश्वव्यापी चुनौती

कान्तिपुर दैनिक ले लेखेको छ: चीनले गत सेप्टेम्बर २१ मा भर्चुअल मुद्रा (क्रिप्टोकरेन्सी) को प्रयोग, कारोबार, माइनिङजस्ता गतिविधिमा पूर्णरूपमा बन्देज लगायो । विश्वको दोस्रो ठूलो अर्थतन्त्र र समग्र क्रिप्टो माइनिङमा १३ प्रतिशतभन्दा बढी योगदान गरिरहेको चीनले यस्तो निर्णय लिएसँगै विश्वभरका सञ्चार माध्यमहरूले यसलाई निकै महत्त्वका साथ स्थान दिए । चीनको यो कदमले विश्वभर प्रयोग भइरहेका बिटक्वाइनलगायत क्रिप्टोहरूको […]

विकास समितिले माग्यो नेपाल टेलिकमसँग कार्ययोजना

  १९ पौष (रासस) :  प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले नेपाल टेलिकमले प्रदान गर्ने सेवा प्रभावकारी, गुणस्तरीय र आम नागरिकले अपेक्षा गरेअनुसार बनाउन कार्ययोजना माग गरेको छ ।     समितिको आज बसेको बैठकले कोभिड–१९ का कारण कार्यालय, विद्यालय, कलेज, बैङ्कलगायतका संस्थाले इन्टरनेटमा आधारित भएर सेवा प्रवाह गरिरहे पनि टेलिकमले प्रभावकारी सेवा नदिएको उल्लेख गरेको […]

आइटीसम्बन्धी शैक्षिक मेला बिहीबारदेखि

  २७ मंसिर (रासस) : ‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ यही बिहीबारदेखि राजधानीमा छैटौँ व्यवस्थापन तथा आइटीसम्बन्धी शैक्षिक मेला सुरु हुने भएको छ । युनिभर्सल थट कन्सल्टले आगामी पुस १ र २ गते ९बिहीबार र शुक्रबार० काठमाडौँको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजना गर्न लागेको हो ।     शैक्षिक मेलामा एमबिए, एमबिएस, एमएस्सी, सिएसआइटी, बिबिए, […]

निजी क्षेत्र उज्यालो समृद्धिका अभियानकर्मी र विकासको पथप्रदर्शक हो – इपान

२९ भदौ (रासस) :   स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले एउटा आयोजना सञ्चालन अनुमतिका लागि कम्तीमा सात मन्त्रालय र २३ विभाग धाउन तथा २०० टेबल पार गर्नुपर्ने झन्झटिलो एवं अव्यावहारिक प्रक्रिया अन्त्य गर्ने खाले कानून तर्जुमा गर्न सुझाव दिएको छ ।     राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले विद्युत् विधेयक, २०७७ का सम्बन्धमा गरेको छलफलमा लगानीकर्तालाई […]

‘बढ्दै फोरजीका प्रयोगकर्ता

  २७ भदौ (रासस ) :  पछिल्लो समय फोरजीका प्रयोगकर्ताको सङ्ख्या बृद्धि भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७र७८ को एक वर्षको तथ्याङ्कअनुसार फोरजीका प्रयोकर्ता बढ्दै गएको देखाइएको छ ।   गत जेठमा उल्लेख्यरूपमा घटेका प्रयोगकर्ता असारमा बढेका छन् । प्राधिकरणको तथ्याङ्कअनुसार असार मसान्तसम्म फोरजीका प्रयोगकर्ता करिब एक करोडको नजिक […]