सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का नेपाल प्रतिनिधि ज्याको डु टोइटबीच शिष्टाचार भेट गर्नुभएको छ। सञ्चार मन्त्रालयमा असार ४ गते भएको भेटवार्तामा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङसँग युनेस्कोका प्रतिनिधि टेइटले डिजिटल नेपाल फ्रेमवर्क र मन्त्रालयले ल्याउन थालेका विभिन्न विधेयकबारे जिज्ञासा राख्नुभएको थियो। […]
तीन वर्ष अगाडी पत्ता लगेको गाउँमा मोबाइल नेटवर्क पुगेपछि
मुस्ताङ, १ वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत नेपाल टेलिकम जोमसोमले मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ साङ्तामा सञ्चारको पहुँच स्थापित गरेको छ। मुस्ताङ–डोल्पाको सिमाना नजिकै पर्ने साङ्ता गाउँ सङ्घीय सरकारद्वारा सन् २०२२ मा पत्ता लगेको विकट बस्ती हो। यो गाउँ जोमसोमबाट करिब ४० किलोमिटर टाढा पर्दछ। भौगोलिक रूपले विकट मानिएको भिरालो सतहमा अवस्थित साङ्ता […]
जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील छः सञ्चारमन्त्री गुरुङ
लमजुङ, १२ माघः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताउनुभएको छ । दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसीस्थित भगवान् आधारभूत विद्यालयको आज यहाँ आयोजित स्वर्णजयन्ती समारोहमा देशलाई विकासको पथमा अग्रसर गराउन सरकार लागिपरेको उहाँले बताउनुभयो । देश विकासका लागि दुई ठूला दलको सरकार बनेकाले आगामी तीन वर्षसम्म वर्तमान सरकार […]
‘आला कार्ट’ मूल्य प्रणालीसम्बन्धी विवाद समाधान गर्न निर्देशन
काठमाडौँ, २६ पुसः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टेलिभिजन प्रसारणमा ‘आला कार्ट’ मूल्य प्रणालीमा आएको विवाद समाधान गर्न सूचना तथा प्रसारण विभागका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । सिनामङ्गलस्थित विभागमा आज आयोजित पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण कार्यक्रममा उहाँले ‘आला कार्ट’ मूल्य प्रणालीबारे स्वदेशी तथा विदेशी च्यानलहरूको चासो बढेको भन्दै जतिसक्दो […]
इन्टरनेटका तार काट्ने कार्य तत्काल नगर्न प्राधिकरणलाई उच्च अदालतको आदेश
अदालतले इन्टरनेटको तार नकाट्न विद्युत प्राधिकरण तथा ऊर्जा मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) गायतले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई विपक्षी बनाइ दायर गरेको रिटमा पाटन उच्च अदालतका न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले उक्त आदेश जारी गरेको हो । उक्त मुद्दाको पेसी भने फागुन १६ मा […]
पाँच महिनामा बाह्र हजार विद्युतीय सवारी भित्रिए
पुस ११ गते । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १२ हजार २८४ विभिन्न विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार विभागले तयार पारेको गत साउनदेखि मङ्सिरसम्मको तथ्याङ्कअनुसार पाँच अर्ब ५८ करोड ६४ लाख रुपियाँ मूल्यका ठूला बसदेखि विद्युतीय साइकलसम्म आयात भएको हो । सरकारले गत वैशाखदेखि नै पेट्रोलियमका चारपाङ्ग्रे सबै र १५० सीसी क्षमताभन्दा […]
करको दायरामा आएनन् सामाजिक सञ्जाल र विद्युतीय सेवा व्यापार
नेपालबाट करोडौंको कारोबार गरे पनि विद्युतीय सेवा व्यापार र सामाजिक सञ्जाल अझै करको दायरामा समेटिएका छैनन् । सरकारले १ साउनदेखि नेपालमा विद्युतीय सेवा कर कार्यान्वयनमा ल्याएको छ । सो करको दायरा भित्र आउन सर्वप्रथम विद्युतीय सेवा प्रदायक संस्था नेपालमा दर्ता हुनुपर्छ । त्यसपछि संस्थाले स्थायी लेखा नम्बर लिएर कारोबार गर्नुपर्छ । तर, अहिलेसम्म लक्षित वर्ग […]
अरबपतिको ट्वीटर; के किनेको केहि महिनामा नै साउजी ट्विटर छोड्दैछन ?
लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरका प्रयोगकर्ताहरूले इलन मस्कलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदबाट हटाउनुपर्ने पक्षमा मत दिएका छन् । मस्कले आफू भविष्यमा ट्वीटरको कार्यकारी प्रमुखका रूपमा रहने वा नरहने विषयमा मत दिन र उक्त मतको आफूले सम्मान गर्ने भन्दै प्रयोगकर्तालाई आग्रह गरेका थिए । ‘के म ट्वीटरको प्रमुख पदबाट हट्नुपर्छ ?’ उनले ट्वीटर प्रयोगकर्तालाई जवाफका लागि ‘हो […]
फेसबुकका संस्थापक मार्क जुकरबर्गले ११ हजार कर्मचारीलाई निकाल्ने
अमेरिकी प्रविधि व्यवसायी तथा फेसबुकका संस्थापक मार्क जुकरबर्गको कम्पनी मेटाले बुधबार ११ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ । फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप लगायतका सबै कम्पनी मेटा अन्तर्गत आउँछन्, जसमा ८७ हजारभन्दा बढी मानिस काम गर्छन्। मार्क जुकरबर्गले यो निर्णयलाई मेटाको इतिहासमा सबैभन्दा कठिन निर्णय भनेका छन् । यो कदम पछि मार्क […]
चार महिनामा १० अर्बभन्दा बढीको मोबाइल आयात
चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन-कात्तिक) मा १० अर्ब १० करोड रुपैयाँ बराबरका स्मार्टफोन आयात भएको छ । ७ लाख २९ हजार ३ सय ९५ सेट स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सरकारले ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्ट फोनलाई प्रतिबन्ध लगाएको छ । त्यसैले महँगोभन्दा पनि कम मूल्यमा […]