नेकपा एमालेले प्रदेश समानुपातिकतर्फको सांसद चयन गरेको छ। शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सबै प्रदेशसभातर्फको समानुपातिकतर्फको सांसद छानेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। उनका अनुसार गण्डकीमा १० सांसद चयन भएका छन्। हेर्नुहोस् सूची – यसोदा रिमाल, देवका पहारी त्रिपाठी, कृष्णप्रसाद पाठक, प्रकाश केसी, विना थापा, निर्मला थापा, राजकुमारी भुजेल, […]
सुन्दर नार गाउँ
मनाङको नार्पाभुमी गाउँपालिकामा पर्ने रहस्यमय नार गाउं। यो ठाउँ करिब ३० वर्षअघि सम्म स्थानिय वाहेक लाई (पर्यटकका लागि समेत) प्रतिबन्धित क्षेत्र थियो। यस ठाउँ पुगेका हरु भन्छन्, “पैदल हिडेर नार गाउँ पुग्न त कठिन छ , तर यहाँ पुगेपछि धर्तीमा स्वर्ग छ भन्ने अनुभूति हुन्छ”।
लुम्बिनीका मुख्यमन्त्रीले मध्यराति दाङ सारे मन्त्रालय
लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय बुटवलबाट दाङमा सारिएको छ। अस्थायी राजधानी बुटवलबाट मुख्यमन्त्री कार्यालयका सामग्रीहरू स्थायी राजधानी तोकिएको क्षेत्र दाङमा सारिएको हो। मुख्यमन्त्रीको कार्यालय र मुख्य सचिव कार्यालयका सबै सामग्रीहरू गए राति दाङ ल्याइएका हुन्। कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने फर्निचरलगायत सामग्रीहरू ट्रकबाट ढुवानी गरी दाङ ल्याइएका छन्। दाङको राप्ती गाउँपालिका वडा […]
रेडपान्डाको बासस्थान सङ्कटमा
मङ्गलबार दिउँसो जाजरकोट कुशे गाउँपालिका–९ पैङ्क गाउँमा रेडपान्डा भेटियो । स्थानीयवासीको सहयोगमा सो रेडपान्डा प्रहरीलाई जिम्मा लगाइयो । प्रहरी चौकी पैङ्कलाई जिम्मा लगाएको रेडपाण्डा केही समयमै मृत्यु भएको खबर सार्वजनिक भयो । बाटोमै रेडपान्डा मरेपछि जिउँदो बुझाउने प्रयास असफल भएको जाजरकोटका प्रहरी प्रमुख सन्तोष निरौलाले जानकारी दिए । बाक्लो निगालो हुने ठाउँबाट रेडपान्डा गाउँमा […]
तनहुँ –१ मा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पौडेले एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् । पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा रानाले १९ हजार ९४३ मत ल्याए । स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय […]
मधेश प्रदेशः आठ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा कुन पार्टी कति स्थानमा अगाडि
मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । प्रदेशका आठवटै जिल्लामध्ये सबैभन्दा ढिलो गरी मङ्गलबार दिउँसोबाट धनुषा क्षेत्र नं ४ र महोत्तरी क्षेत्र नं ४ मा मतगणना सुरु भएसँगै प्रदेशका सबै निर्वाचन क्षेत्रको मतगणना भइरहेको मधेश प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिनुभयो । मधेस प्रदेशका धनुषा, सप्तरी, […]
गण्डकी प्रदेश सभामा काङ्रेस ; गोरखा-१ प्रदेश सभा (ख) मा नन्दप्रसाद विजयी
गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (ख) मा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी भएका छन्। यहाँ २९ हजार ६ सय ८६ मत खसेको थियो। न्यौपानेले १६ हजार २ सय ६० मत ल्याएर निर्वाचित भएका हुन्। यहाँ नेकपा एमालेका मोहनप्रसाद भट्टराई पराजित भए। भट्टराईले ७५३३ मत ल्याएका छन्। […]
देउवाले सातौं पटक जिते निर्वाचन
डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सातौंपटक जीत हासिल गरेका छन्। ४ गते सम्पन्न भएको निर्वाचनको मतगणना सकिएसँगै देउवाले सातौंपटक जीत हासिल गरेका हुन्। कुल ५१ हजार २०३ मत गणना हुँदा देउवा २५ हजार ५३४ मतका साथ विजयी भएका छन्। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ […]
लमजुङमा १ बजेपछि मात्रै मतगणना
लमजुङमा १ बजेपछि मात्रै मतगणना हुने भएको छ । बेशीसहर स्थित जिल्ला समन्वय समितिको भवनमा १ बजेबाट मतगणना हुने जनाइएको छ । लमजुङमा एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्यका लागि चुनाव भएको थियो । माओवादी केन्द्रका महासचिव देव गुरुङ र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको हेभिवेट भिडन्त यहाँ छ । १ लाख ३३ […]
कानुन पालना गराउनुपर्ने गृहमन्त्रीलाई आयोगले सोध्यो तीन स्पष्टीकरण
भैरहवा, २ कार्तिक: निर्वाचन आचारसंहिता २०७९ विपरित गतिविधी गरेको भन्दै निर्वाचन आयोगले आचारसंहिता अनुगमन समितिमार्फत रुपन्देहीमा थप सात विषयमा स्पष्टीकरण सोधेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लंघनविरुद्ध परेको उजुरीका आधारमा गृहमन्त्री तथा उम्मेदवार बालकृष्ण खाणलाई तीन वटा विषयमा, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खान, […]