आर्थिक वर्ष २०७६/७७ मा आर्थिक प्रशासन तथा राजस्वको क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेको भन्दै कन्काई नगरपालिकालाई पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।संघले आफ्नो २८ औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरेको हो । पुरस्कार ग्रहण पछि कार्यक्रममा बोल्दै कन्काई नगरपालिका नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले नगरपालिकाले प्राप्त गरेको पुरस्कारमा सबै जनप्रतिनिधि, कर्मचारीलगायत सम्पूर्ण नगरबासीको […]
बाख्राका पाठा डेढ लाख रूपैयाँसम्ममा बिकेपछि………….
ती बाख्रालाई १८० लिटर पानी र ३० केजीको हाराहारीमा पौष्टिक आहार खुवाउने गरिएको छ। – चन्द्रकला भण्डारी झापा, ११ चैत (रासस)– पछिल्लो समय युवाहरू वैदेशिक रोजगारी त्यागेर स्वदेशमै उद्यमशीलतामा रमाउन थालेका छन्। मेचीनगर नगरपालिका–१० का ४१ वर्षीय विजय नेपाल त्यस्तै युवामध्येका एक हुन्, जसले खाडी मुलुक युएईको दुबईमा सात वर्ष बसेर फर्केपछि […]
बेगनास परिक्रमा मार्ग: हिड्ने कि साइकल चलाउने?
गण्डकी, ११ चैत (रासस)–तालैतालको शहरका रुपमा चासो र चर्चा कमाएको कास्कीको लेखनाथस्थित बेगनास ताललाई परिक्रमा गर्ने गरी पदमार्गको प्रवर्ध्दनलाई प्राथमिकतामा राखएको छ। करीब सात वर्षअघि बेगनासतालको बाँधदेखि लाम स्वाहाँरा–स्याङखुदी–सिम्ले–भञ्ज्याङ–सुन्दरीडाँडा–पचभैया हुँदै पुनः बाँध क्षेत्रमा जोड्ने गरी पदमार्ग खोलिएकामा पछिल्ला समयमा छोटो दूरीमा पदयात्रा गर्न चाहनेहरूका लागि यो गन्तव्य रोजाइमा पर्ने गरेको छ। कूल १६ किलोमिटर […]
गण्डकी प्रदेशका अस्पतालहरूको सुदृणिकरण विशेष प्राथमिकतामा
प्रदेश अन्तरगतका जिल्ला अस्पतालहरूको स्रोत सुदृढीकरणमा गण्डकी प्रदेशले विशेष जोड दिइएको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले वताउनु भएको छ । लमजुङको क्व्होलासोथार गाउँपालिका ३ घलेगाउँमा दुई दिने वृहत् स्वास्थ्य शिविरमा बोल्दै मुख्यमन्त्री गुरुङले अस्पतालहरूमा भएका विभिन्न आवश्यकतालाई प्राथमिकतामा राख्दै प्रदेशले काम सुरु गरेको जानकारी समेत दिनुभएको छ । यसका साथै प्रमुख समस्याको रुपमा देखा परेको जनशक्ति […]
अधिकांश पसलमा म्याद गुज्रेका सामान
भक्तपुर नगरपालिकाले कमलविनायक आवास क्षेत्रमा रहेका पसलहरुमा गरेको अनुगमनमा अधिकांश पसलमा अखाद्य र म्याद गुज्रेका सामानहरु बिक्रीका लागि राखेको पाइएको छ । नगरपालिका अनुगमन समितिका संयोजक वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा आज भएको बजार अनुगमनमा कमलविनायक आवास क्षेत्रमा २५ वटा पसल अनुगमन गरी दर्ता नभएका आठ वटालाई दर्ता गरिएको र म्याद गुज्रेका सामानहरु जफत गरी नष्ट […]
बागलुङ बजारदेखि भकुण्डेको बराहतालसम्म हाइकिङ
गलकोट, ८ चैत (रासस)-कोरोना भाइरसका कारण थलिएको ग्रामीण पर्यटनलाई लयमा फर्काउन पर्यटकीय गाउँ भकुण्डेमा एक दिने पदयात्रा गरिएको छ । जिल्लाको पहिलो घरबास रहेको भकुण्डेमा कोरोनाका कारण आन्तरिक पर्यटक आउन छाडेपछि अहिले उक्त गाउँ सुनसान छ । कोरोनाका कारण थलिएको पर्यटन उकास्नका लागि प्रचारप्रसार अभियानअन्तर्गत बागलुङ बजारदेखि भकुण्डेको बराहतालसम्म हाइकिङ गरिएको छ । समाजिक कार्यमा […]
विद्युत उत्पादन गृह भत्कियो, चौकीदारका श्रीमतीसहित दुई छोराको मृत्यु
सुर्खेत, ३१ असाा: हुम्लाको हिमा गाउँपालिका- १ आचार्यलिहीमा विद्युत उत्पादन गृह भत्किएको छ । घटनामा विद्युत उत्पादन गृहका चौकीदार गोरखबहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो । भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा आज बिहान करिब साढे २ बेजे ३० वर्षीया विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ […]
मानुङकोटमा लगानीकर्ताको आर्कषण बढ्दै
सुविधा खोज्दै मानुङकोटका बासिन्दा बसाइ झरेपछि सुनसान बन्दै गएको अवस्थामा पछिल्लो समय पुनः चहलपहल बढ्न थालेको छ । तनहुँको व्यास नगरपालिका–५ मानुङकोट आन्तरिक एवं बाह्य पर्यटकको आगमन बढ्न थालेपछि यस ठाउँको मुहार फेरिन लागेको हो । दैनिक सयौँ पर्यटकको चहलपहल बढेसँगै पर्यटन व्यवसायीले ठूलो रकम लगानी गर्न उत्सुक भएका छन् । केबलकार, जिपलाइन, स्वीमीङ पुलसहित […]
सामुदायिक वनलाई समृद्धिको आधार बनाइने : मन्त्री लम्साल
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सामुदायिक वनलाई उत्पादनसँग जोडेर समृद्धिको आधार बनाइने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशको प्रथम परिषद्को आज पोखरास्थित पर्यटकीय क्षेत्र काहुँडाँडामा उद्घाटन गर्दै उहाँले सरकारले वन पैदावार उद्योग सञ्चालनमा शून्य मापदण्ड कायम गर्ने तयारी गरिरहेको बताउनुभएको हो । मन्त्री लम्सालले सामुदायिक वनलाई उद्यमसँग […]
सुरक्षित चेली अभियान शुरु
कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि सुरक्षित चेली अभियान शुरु भएको छ । लैङ्गिक हिंसा, घरेलु हिंसा, बलात्कार, बालविवाहलगायत समाजमा हुने अपराध न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आजदेखि सो अभियान शुरु गरेको हो । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै जिल्लामा अपराधको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको बताइएको हो । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज […]