दमौली, २३ चैत – ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाका साथै जैविक विविधतामा रमाउन चाहनेहरूका लागि तनहुँसुर इको ट्रेक उत्कृष्ट गन्तव्य बन्न सक्छ। केही समय अगाडि मात्रै सम्भाव्यता अध्ययन गरिएको उक्त पदमार्ग पदयात्रा गर्न रुचि राख्नेहरूका लागि उत्कृष्ट गन्तव्य बन्ने देखिएको हो। व्यास नगरपालिका–११ मूलपानीदेखि शुरु हुने पदमार्ग सोही वडाको तनहुँसुरसम्म पुगेर टुङ्गिनेछ। तनहुँ पर्यटन […]
बोरिङ जडान थालिएपछि मुहारमा चमक
आफ्ना खेत ग¥हामा सिँचाइ सुविधाका लागि बोरिङ जडानको काम थालिएपछि मटिहानी नगरपालिकाका किसानको मुहारमा चमक बढेको छ । जिल्लास्थित भूमि, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय जलेश्वरले नगरपालिकाको समन्वयमा पावरड्रिल स्यालो ट्युबवेल–बोरिङ जडान कार्य थालेपछि किसानको मुहारमा चमक बढेको हो । वडा नं ६ मा अहिले एकसाथ १० वटा यस्ता बोरिङ जडानको काम थालिएको छ । […]
लोप हुन लागेको थारु संस्कृति जोगिएको छ, अमलटारीमा
नवलपुर, २२ चैत–गाउँ पस्नासाथ परम्परागत पोशाकमा सजिएका थारु महिलाले टीकासहित फूल मालाले स्वागत गर्दा यहाँ आउने जो कोहीको मन पनि फुरुङ्ग हुने गर्दछ। गण्डकी प्रदेशअन्तर्गत नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं १५ स्थित अमलटारी यतिखेर थारु संस्कृतिको प्रत्यक्ष अवलोकन एवं अनुभूति गर्न पाउने स्थलका रुपमा विकास भएको छ। सीमान्तकृत समुदायमा पर्ने थारुसहित बोटे, मुसहरलगायतका जातजातिको […]
मिदिम खोलामा निर्माणाधीन पुलको निरीक्षण गर्दै मुख्यमन्त्री गुरुङ ।
प्रदेशको राजधानी पोखराबाट पालिकाको केन्द्र सम्म पक्कि सडक पुर्याउने योजना अनुसार मिदिम खोलामा पक्कि पुल निर्माण भइरहेको छ । कोलासोथार गाउँपालिकाको सदरमुकाम मालिङबाट बेसिशहर सम्म र पर्यटकीय गाउँको रुपमा परिचित घलेगाउँ, घनपोखरा हुँदै भुजुङ् जोड्ने सडकखण्डको मिदिम खोलामा पुल निर्माणाधीन अवस्थामा रहेको छ । २०७६ साल पुस १८ गते निर्माण सुरुवात गरिएको पुलको ३० प्रतिशत […]
राराताल – मुलुुककै पर्यटनको आकर्षण
कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको राराताल मुलुुककै पर्यटनको आकर्षण मानिने ताल हो । यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये राराताल एक हो । नयाँ वर्षको अवसर पारेर देशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै बढेको छ । नयाँ वर्ष लाग्न केही दिन बाँकी भएसँगै हवाई र सडकमार्गबाट रारा आउने […]
गाउँ रित्तिदै जान थालेपछि होम स्टे सञ्चालन र सीपमूलक तालीम
तनहुँ, २० चैत – बसाइँसराइले गाउँ रित्तिदै जान थालेपछि तनहुँको बन्दीपुर गाउँपालिकाले नयाँ योजना ल्याएको छ । सुविधा खोज्दै गाउँबाट शहर बसाइँसराइ गर्ने प्रक्रियाले गाउँ रित्तिदै जान थालेपछि यसलाई रोक्न नयाँ योजना ल्याइएको हो । गाउँमा रहेको सम्भावनालाई बुझ्न नसकी शहर केन्द्रित हुने प्रवृत्तिलाई रोक्न गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा प्राथामिकता, होम स्टे सञ्चालन र सीपमूलक […]
प्रभावित क्षेत्रका लागि रु छ करोड दिइने
काठमाडौँ महनगरपालिकाले सिसडोल ल्याण्डफिल साइट प्रभावित क्षेत्रका लागि रु छ करोड दिने भएको छ । फोहरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले शिक्षक दरबन्दी पूर्तिलगायतका माग राखेर चैत १३ गतेदेखि फोहर व्यवस्थापनमा अवरोध गर्दै आएपछि कामपा र प्रभावितबीच भएको छलफलमा कामपा प्रमुख विद्यासुन्दर शक्यले व्यवस्थापनक लागि रु छ करोड दिने बताउनुभएको हो । छलफलका क्रममा […]
अनधिकृतरूपमा सञ्चालित पसल हटाउन विभागलाई पुनः ताकेता
काठमाडौँ महानगरपालिकाले वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित पसल हटाउन पुरातत्व विभागलाई पुनः ताकेता गरेको छ । गत फागुन १४ गते नियमविपरीत सञ्चालनमा रहेका सबै पसल सात दिनभित्र हटाउनका लागि कामपाले विभागलाई पत्राचार गरेको थियो । पत्राचार गरेको एक महिना बितिसक्दासम्म उक्त पसलहरु सञ्चालनमै रहेकाले कामपाले माइकिङ गर्दै अनधिकृतरूपमा सञ्चालित व्यापारिक प्रयोजन हटाई सहयोग गर्न पुनः […]
पोखरा होमस्टेमा बसिरहेको बालयौन दुराचारी अमेरिकी पक्राउ
बाल यौन दुराचारको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उक्त कसूरमा अमेरिकन नागरिक माइकल नर्मन टेलरलाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ । निकै अघिदेखि खोजीको सूचीमा रहेका उनलाई आज कास्कीको पोखरा महानगरपालिका–१८ स्थित होमस्टेमा बसिरहेका बेला ब्यूरोको टोलीले पक्राउ गरी आवश्यक […]
पोखरा म्याराथन : दौडको उपाधि तीर्थ र फूलमतिलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनअन्तर्गत आज पोखरामा सम्पन्न पुरुष तथा महिला १० किमी दौडको उपाधि पुरुषतर्फ तीर्थ पुन र महिलातर्फ सशस्त्र प्रहरी बल एपिएफका फूलमती रानाले जित्न सफल हुुनुभएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरा रङ्गशालाबाट शुरु दौडमा पुनले निर्धाारित दूरी ३३ मिनेट आठ सेकेण्डमा पार गर्दै उपाधि सहित नगद रु १५ हजार, मेडल र […]