गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्काे संयोजकत्वमा कोभिड रोकथाम तथा नियन्त्रण एवं व्यवस्थापन समितिको बैठक आइतबार बसेको हाे । समितिले अक्सिजनका ५ हजार थान सिलिन्डर उपलब्ध गराउन संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोधसमेत गरेको छ । ‘१० जना जनरल फिजिसियन, १० जना एनेस्थेसिस्ट मानवस्रोत उपलब्ध गराइदिन अनुरोध गर्ने,’ समितिको निर्णयमा भनिएको छ । गण्डकी प्रदेशमा कोभिड […]
मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत
बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा १६९ को उपधारा १९क बमोजिम प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष आज दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। साथै संविधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजूदा मन्त्रिपरिषद्लाई नै प्रदेशको मन्त्रिपरिषद्को कार्यभार […]
ढुङ्गा र तामाखानीबाट अर्बाै आम्दानी गर्न सकिन्छ तर सञ्चालन गर्ने कानून छैन: श्रीप्रसाद रोका, अध्यक्ष मालिका
म्याग्दी, ९ वैशाख (रासस): तत्कालीन निस्कोट, रुम, ओखरबोट, देवीस्थान, दरवाङ र बिम गाविसलाई समेटेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका म्याग्दीका पालिकामा कम उमेरका पदाधिकारी हुनुहुन्छ। धार्मिक पर्यटकीयस्थल मालिका धुरीबाट नामकरण भएको गाउँपालिकाले पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार र आयआर्जन सुधारका लागि पर्यटन प्रवद्र्धनमा जोड दिएको छ। गाउँपालिकाका गतिविधि, सेवा प्रवाह, सम्भावना र चुनौतीका […]
गण्डकी प्रदेश खेलकूद परिषद र ११ जिल्ला खेलकूद विकास समिति गठन
गण्डकी प्रदेश खेलकुद परिषद्को उपाध्यक्षमा नारायण पुन मनोनित भएका छन् । आइतबार प्रदेश सरकारले पुनलाई उपाध्यक्षमा मनोनयन गरेको हो । प्रदेश सरकारले १६ जनालाई परिषद सदस्यमा मनोनित गरेको छ । उपाध्यक्षमा चयन भएका पुन अन्नपूर्ण गाउँपालिका अध्यक्षको उम्मेदवार हुन् । उनी पूर्व भलिबल तथा बास्केटबल खेलाडी समेत हुन् । मनोनयनमा पर्नेमा गिरमान गुरुङ, बासु बराल, […]
रानीमहलको रित्तो घरबाट पर्यटक निराश
–निरा गौतम रुपन्देही, ५ वैशाख (रासस)- काठमाडौँ सामाखुशीकी शकुन्तला ढकाललाई पाल्पाको रानीमहल हेर्ने वर्षौं देखिको धोको थियो। प्रेमको प्रतीक मानिने रानीमहल साँच्चिकै सुन्दर र आकर्षक होला भन्ने अपेक्षा लिएर रानीमहल हेर्न पुगेकी ढकाल त्यहाँ पुग्दा भने खिन्न हुनुभयो। उहाँको कल्पनामा जस्तो थियो, वास्तविक त्यस्तो थिएन रानीमहल। “मैले त राजाले बनाएको दरबार अत्यन्तै आकर्षक होला […]
विकास र समृद्धिको अभियान निर्वाध बढाउँछौं: मुख्यमन्त्री शाही
३ वैशाख(रासस) : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार विकास र समृद्धिको सपना पूरा गर्ने अभियानमा निर्वाध लागिपर्ने बताउनुभएको छ । प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेसँगै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रदेश सरकारले तय गरेको विकास र समृद्धिको यात्रा निरन्तर अघि बढाइने बताउनुभयो । “हामीले पाँच वर्षका लागि सरकारको नेतृत्व पाएका छौँ”, उहाँले […]
जनतालाई विकास दिने काम गर्दैछौँ: मुख्यमन्त्री गुरुङ
लमजुङ, १ वैशाख (रासस)- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई विकास दिने र विकासको बाटो देखाउने अभियानमा गण्डकी प्रदेश सरकार लागेको बताउनुभएको छ। क्रियटिभ युथ क्लब तथा मध्यनेपाल नगरपालिका– ८ कार्यालय लमजुङद्वारा आयोजित करापुकोट डढुवा दुर्छा महोत्वस तथा ऐतिहासिक चैते दशैँ मेला– २०७८ को आज उद्घाटन गर्नुहुँदै उहाँले सडक, खानेपानी, बिजुली, रोजगार तथा सीप लगायत […]
ऐतिहासिक पुल जीर्ण: पैसा छ, छैनन् कालीगढ
तनहुँ, २४ चैत – जिल्लाको भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने सेतीनदीमाथिको ऐतिहासिक झोलुङ्गे पुल ओझेलमा परेको छ। राणाकालीन समयमा निर्माण गरिएको उक्त पुल जीर्ण अवस्थामा पुग्दा दक्ष कालीगढ नपाउँदा संरक्षण हुन नसकेको हो। पुरातात्विक महत्वको झोलुङ्गे पुलको संरक्षणको लागि नगरपालिकाले बजेटसमेत विनियोजन गर्दै आएको नगरपालिकाकाप्रमुख मेखबहादुर थापाले बताउनुभयो। पुलको संरक्षणको लागि विज्ञ टोलीको खोजीकार्य […]
पदयात्रामा रमाउन तनहुँसुर
दमौली, २३ चैत – ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाका साथै जैविक विविधतामा रमाउन चाहनेहरूका लागि तनहुँसुर इको ट्रेक उत्कृष्ट गन्तव्य बन्न सक्छ। केही समय अगाडि मात्रै सम्भाव्यता अध्ययन गरिएको उक्त पदमार्ग पदयात्रा गर्न रुचि राख्नेहरूका लागि उत्कृष्ट गन्तव्य बन्ने देखिएको हो। व्यास नगरपालिका–११ मूलपानीदेखि शुरु हुने पदमार्ग सोही वडाको तनहुँसुरसम्म पुगेर टुङ्गिनेछ। तनहुँ पर्यटन […]
बोरिङ जडान थालिएपछि मुहारमा चमक
आफ्ना खेत ग¥हामा सिँचाइ सुविधाका लागि बोरिङ जडानको काम थालिएपछि मटिहानी नगरपालिकाका किसानको मुहारमा चमक बढेको छ । जिल्लास्थित भूमि, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय जलेश्वरले नगरपालिकाको समन्वयमा पावरड्रिल स्यालो ट्युबवेल–बोरिङ जडान कार्य थालेपछि किसानको मुहारमा चमक बढेको हो । वडा नं ६ मा अहिले एकसाथ १० वटा यस्ता बोरिङ जडानको काम थालिएको छ । […]