होटल सङ्घ नेपाल (हान)ले आर्थिक वर्ष २०८२/८३ को बजेटमा पर्यटन क्षेत्र र होटल उद्योगका लागि घोषित कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। हानको प्रतिनिधिमण्डलले असार ९ गते नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेललाई भेट गरी पर्यटन तथा होटल उद्योगको बृहत्तर विकासका उपयुक्त नीति अवलम्बन गर्न […]
तपाईँको प्रतिक्षामा छ, लमजुङको भुजुङ गाउँ
ढुङ्गा र जस्ताले छाएका गुजुमुज्ज घरहरू, ढुङ्गाले छापिएका चोक र बाटो। प्राचीन मौलिक गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयझैँ छ, लमजुङको क्व्होलासोथार गाउँपालिका-४ स्थित भुजुङ। एउटै वडा एउटै गाउँ हो भुजुङ। जिल्लाकै ठूलो र सिरान गाउँको रूपमा परिचित भुजुङ समुद्री सतहदेखि करिब एक हजार ६०० मिटरको उचाइमा छ। गाउँको उत्तरतर्फ घना जङ्गल, घाँसे मैदान र […]
हाइड्रोले डुबाउँदै तातोपानी कुण्ड
म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका प्राकृतिक तातोपानीका मुहान जलविद्युत् आयोजनाका कारण सङ्कटमा परेका छन्। कालीगण्डकी नदीमा निर्माण सुरु भएका र निर्माण हुन लागेका जलविद्युत् आयोजनाको सुरुङबाट पानी बग्ने भएपछि किनारमा रहेका तातोपानीको मुहान सुक्ने र आर्थिक, सामाजिक, वातावरणीय रुपमा असर पुग्ने स्थानीयवासीको चिन्ता छ। अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीमा आज आयोजना भएको ६६.३ मेगावाट […]
गुरुङ सम्पदा पदमार्ग खोज्दै पर्यटन व्यवसायी
गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड, क्व्होलाँसोथार गाउँपालिका, मर्स्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा पोखराबाट लमजुङको सिङ्दीहुँदै दुधपोखरीलगायतका स्थानलाई समेट्दै गरिएको खोज तथा अन्वेषणात्मक पदयात्रा सम्पन्न भएको छ। गुरुङ सम्पदा पदमार्गका रूपमा परम्परागत भेडीगोठसँगै प्राचीन नुन बोक्ने मार्गलाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्यका साथ यही जेठ २३ गतेदेखि असार १ गतेसम्म विभिन्न […]
पोखरा भ्रमण वर्षको तयारीमा महानगरपालिका
पोखरा, ११ माघः पोखरा महानगरपालिकाको विशेष पहलमा गत वर्ष पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरियो । यो घोषणाले निकै चर्चा पायो सकारात्मक र आलोचनात्मक दुवै तरिकाबाट । उचित रणनीति, पूर्वाधार विकास, र दीर्घकालीन योजना निर्माण नगरी पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको भन्ने टिप्पणी भएको थियो । तथापि, पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै यस क्षेत्रले आर्थिक, […]
ढुम्बा तालमा जमेको बरफ
मुस्ताङ, २१ पुसः चिसोका कारण हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ सम्ले गाउँमा रहेको ढुम्बा तालमा जमेको बरफ । उक्त ताल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्रविन्दु बनेको छ । तस्बिरः सुशीलबाबु थकाली/रासस
घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहीबार बसेको संयुक्त बैठकले दसैँ, तिहार, छठलगायत चाडपर्वको समयमा घुम्न आउने आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट दिने निर्णय गरेको हो । घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली […]
बागलुङ कालिकामा दर्शनार्थीको भीड
बागलुङ । दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा आज बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रसिद्ध शक्तिपीठ भएकाले दसैँ र चैतेदसैँमा यहाँ भक्तजन धेरै आउने गर्छन् । चितवन, बुटवल, स्याङ्जा, पोखरा र अन्य छिमेकी जिल्लाका भक्तजन यहाँ आउने गरेको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले बताए । सोह्र श्राद्धमा मुक्तिनाथ गएका […]
उपल्लो मुस्ताङ पर्यटकका लागि सहज बन्दै
म्याग्दी । पर्यटकको सहजताका लागि उपल्लो मुस्ताङका पदमार्गमा ‘साइन पोष्टिङ’ र पर्यटकीयस्थलमा सूचना पाटी तथा ‘होर्डिङ बोर्ड’ राखिएको छ । लोमान्थाङस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय पदमार्ग पहिचान गर्न सहयोग पुग्ने साइन पोष्टिङ, पर्यटकीय, धार्मिक, ऐतिहासिक स्थलको महत्वका विषयमा जानकारीमूलक सूचनापाटी तथा वन्यजन्तुको संरक्षणबारे सन्देशमूलक होडिङबोर्ड राखेको हो । एक्याप लोमान्थाङका रेञ्जर […]
दोर्दीगाउँपालिकाले मेमेपोखरीमा नयाँ धर्मशाला निर्माण, पर्यटकहरूको अनुभवमा वृद्धि”
दोर्दी गाउँपालिकाको पर्यटकीय क्षेत्र मेमेपोखरीमा दोर्दी गाउँपालिकाले धर्मशाला निर्माण गरिएको छ । आर्थिक वर्ष २०८०–०८१ मा ८ लाख रुपैयाँ बजेट विनियोजन गरी धर्मशाला निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । मेमे पोखरीमा धर्मशाला निर्माणको काम सकिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार धर्मशालन निमाण भएपछि पर्यटकीयस्थल मेमेपोखरी अध्ययन अवलोकन, मनोरञ्जनका लागि जानेहरुको लागि सहज […]