काठमाडौं ,२४ साउन: वर्षेनी लाखौंको संख्यामा नेपाली रोजगारी खोज्दै खाडी र मलेसिया पुग्छन् । यसरी नै विदेशीहरु पनि रोजगारी खोज्दै नेपाल आउने गर्छन्, तर त्यति ठूलो संख्यामा भने होइन । पछिल्ला वर्षहरुमा नेपाल श्रम स्वीकृति लिएर रोजगारीमा आउने विदेशीको संख्या बढ्दो छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालमा आउने विदेशीलाई श्रम स्वीकृति दिने […]
नयाँ १० हिमाली सहर मध्य एक – मनाङ सदरमुकाम चामे
सरकारले चालु आर्थिक वर्षदेखि फेरि हिमाली जिल्लाका १० स्थानमा नयाँ सहर निर्माण गर्ने अवधारणासहित बजेट विनियोजन गरेको छ । विनियोजन विधेयक २०७७ मा उठेका प्रश्नहरुको जवाफ दिँदै सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी लिएका तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले उच्च हिमाली क्षेत्रमा सहरी विकासका कार्यक्रममा बजेट न्यून भएको बताएका थिए। सरकारले […]
पर्यटन मन्त्रालयका सचिवका लागिसमेत भनेर मागियो घुस रकम
गत साउन १७ गते मंगलबार साँझ ५ बजेर १८ मिनेट जाँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख घुस रकमसहित पक्राउ परे । प्याराग्लाइडिङ उडान अनुमतिका लागि पटकपटक घुस मागेर हैरानी दिएपछि सेवाग्राहीकै उजुरीका आधारमा नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ६ लाख घुस लिइसकेपछि पक्राउ गरेको थियो । […]
सप्तकोसीको बाढी मानव वस्तीमा पस्यो; धारै परिर्वतन हुन सक्ने खतरा
उदयपुर, १८ साउन: बिहान ४ बजे उदयपुरको बेलका नगरपालिकाको डुम्रिबोटेबाट सप्तकोसीको बाढी पश्चिमतर्फ पसेसँगै ५ वटा भन्दा बढी मानवीय बस्ती उच्च जोखिममा परेका छन । सप्तकोशीले पश्चिमतर्फको भागमा निरन्तर कटान गर्दा बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती उच्च जोखिममा परेका हुन । पूर्वी […]
कृषि विकास कार्यालयको कार्यकक्ष परिसरमै मदिरा सेवन
सुुर्खेत, १८ साउन: जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन । वेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक सहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिहेको अवस्थामा फेला परेका हुन् । नेत्र विक्रम चन्द ( विप्लव) नेतृत्वको […]
लमजुङबाट सुरु भएको त्यो ‘हलोक्रान्ति’; राणाशासन हल्लायो, जातिय विभेद चिर्यो
११ साउन २००६ मा पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जना बाहुनले नेपालमै पहिलोपटक हलो जोतेका थिए । हलो जोतेको अभियोगमा तत्कालीन सरकारले सामूहिक हलो जोत्नेलाई ११ साउन २००७ मा पक्राउ गरी जेल हालेको थियो । सरकारले दुराडाँडाका हलो क्रान्तिका ब्राह्मणलाई थुन्ने रणनीति लिएछ। शेषकान्त […]
निजामती सेवामा ५० हजार दरबन्दी रिक्त
काठमाडौँ, साउन १२ गते । सङ्घ, प्रदेश र स्थानीय तीनै तहका विभिन्न पदमा ५० हजार कर्मचारीको दरबन्दी रिक्त छ । रिक्त दरबन्दीमध्ये यस वर्ष करिब चार हजार कर्मचारी मात्र लोक सेवा आयोगबाट पूर्ति गरिँदै छ । सरकारको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने कर्मचारी रिक्त हुँदा सेवा प्रवाहमा समस्या थपिएको छ । लोक सेवा आयोगले […]
मोटरसाइकलले काम चलेसम्म गाडी चढ्दिनँ – मेयर, भूमिकास्थान नगरपालिका, अर्घाखाँची
अर्घाखाँची, १० साउन: सोमबार साँझ करिब साढे ७ बजेको थियो । भूमिकास्थान नगरपालिका-४ मकैडाँडामा एक व्यक्ति रेनकोट लगाउँदै गरेका बेला भेटिए । बाटोमा बाइक रोकेर रेनकोट लगाउँदै गरेका ती व्यक्ति अरु कोही नभएर भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापा थिए । नगर कार्यालयबाट अफिसियल कामले सन्धिखर्क पुगेका थापा घर फर्कंदै गर्दा मकैडाँडामा पानी परेपछि निथ्रुक्क भिजेका हुन् […]
मनाङमा सङ्कलन भयो ४० लाखको जडीबुटी राजश्व
विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९मा जङ्गली जडीबुटीबाट ४० लाख १६ हजार ६४ रूपैयाँ राजश्व सङ्कलन भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वन लसुन, गुची च्याउ, निगालो, यार्सागुम्बा जस्ता जङ्गली जडीबुटी सङ्कलन र टिम्बर काठ बिक्रीबाट पनि उक्त राजश्व सङ्कलन भएको हो। यस आवमा जिम्बु सङ्कलनबाट रु.३९ हजार ९८, वन लसुनबाट रु. ४ […]
कांग्रेस वडा सभापतिका भाइ-बुहारी नागरिकता बनाउन नक्कलि बाबु-आमा बनेपछी …
बारा, ९ साउन: बाराको निजगढ नगरपालिकाबाट एक भारतीयले झुटो विवरणका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको छ । निजगढ नगरपालिका १२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा भारतको कालिङ्गपोङ्ग घर भएकी वर्ष २१ की रजनी राईलाई इलाका प्रशासन कार्यालय सिमराले गत साउन १ गते नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । उनले ना. प्र. नं. ३३–२–७९–००५१३ को नागरिकताको […]