लमजुङ, ३१ असोज: सुखी गाउँ स्मार्ट भिलेज घलेगाउँको मुहार फेरिएको छ । पाँच दशक पुराना टिनका छाना फेरेर राता रङ्गिन छानाले गाउँलाई सजाइएको छ । करिब दुई दशकको आन्तरिक पर्यटन विकासले घलेगाउँलाई दक्षिण एसिया मै नमूना ग्रामीण पर्यटकीय गाउँका रुपमा चिनाएकाे छ । घलेगाउँ नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा समेत चिनिन्छ । सबै घरमा एकैनासले […]
विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारको विकल्प छैन : गुरुङ
लमजुङ – माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले लमजुङको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारको विकल्प नरहेको बताएका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन लक्षित अभियानको क्रममा सुन्दरबजार नगरपालिका-२ सुन्दर बस्तीमा आयोजित गठबन्धन दलको कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्। उनले जनताको विकास र समृद्धि […]
सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा
सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, […]
नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै
डादशैं अर्थात् नवरात्रको सातौँ दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ […]
भिजिट भिसामा, हजुर … भिजिट भिसामा …
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ ९ गते मध्यरात जजिरा विमानबाट भिजिट भिसामा दुबई जान लागेकी झापाकी ३१ वर्षीया सम्झना लिम्बू (नाम परिवर्तन) लाई प्रहरीले विमानस्थलबाट फर्कायो । हातमा पासपोर्ट, टिकट, बैङ्किङ कागजसहित २५० अमेरिकी डलर बोकेर विदेश उड्न लागेकी सम्झनासहित ३९ जना महिला भिजिट भिसाको आवरणमा इराक पु-याइँदै थिए । रोजगारको प्रलोभन देखाएर नेपाली युवतीलाई खाडी […]
५ विधेयक प्रमाणीकरण गर्दा राष्ट्रपतिले नागरिकता विधेयक छुटाइन्
राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेपनि नागरिकता विधेयक भने छुटाएकी छन् । राष्ट्रपतिले यसअघि नागरिकता विधेयकमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएपछि संसदले पुनः हुबहु पारित गरेर प्रमाणीकरणका लागि सभामुखले पठाएका थिए । तर, शीतल निवासमा विधेयक पुगेको एक साता पुगेपनि प्रमाणीकरण हुन सकेको छैन । बरु राष्ट्रपतिले विधेयकबारे निरन्तर परामर्श गर्दै आएकी […]
भारतीय सेना अध्यक्ष आज नेपाल आउँदै
भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे आज नेपाल आउँदै छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । पाँचदिने नेपाल भ्रमणका क्रममा उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, सेनाको मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ । यस्तै, उनले […]
नेपालको ऋण २० खर्ब नाघ्यो; देउवा सरकारले ३ महिनामै डेढ खर्ब ऋण लियो
भदौ १७ गते । नेपालको सार्वजनिक ऋणको आकार पनि निरन्तर उकालो लागिरहेको छ । गत एक वर्षमै करिब तीन खर्ब रुपियाँ ऋणको भार थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्षसम्म नेपालको कुल सार्वजनिक ऋण २० खर्ब रुपियाँ नाघेको छ, जसमध्ये बाह्य ऋण १० खर्ब २५ करोड रुपियाँ र […]
किन मनाईन्छ ऋषि पञ्चमी ?
भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई […]
वर्षाको सम्भावना; कहिले, कहाँ, कती ?
हाल देशभरको मनसुनमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी र मधेश प्रदेशका एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १, बागमती प्रदेश […]