‘गौरा’ भित्र्याइँदै

१३ भदौ (रासस) :  सुदूरपश्चिम प्रदेशमा आज धार्मिक विधि तथा परम्पराअनुसार विभिन्न मठमन्दिर तथा घरमा ‘गौरा’ भित्र्याइँदै छ । व्रतालु महिलाले धान, साउँ, तिल, बेल र कुशसहितको पञ्च वनस्पति प्रयोग गरी गौरा भगवतीको प्रतिमा तयार पारी धार्मिक परम्पराअनुसार भित्र्याउँदै छन् ।   महिला मन्दिर तथा घर आसपासका खेतमा गई सामूहिक रुपमा ‘फाग’ गीत गाउँदै गौरा […]

दिगो विकास लक्ष्यलाई उच्च प्राथमिकता दिन निर्देशन

१३ भदौ (रासस) :  राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचकलाई उच्च प्राथमिकता दिई कार्य गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकपछि सभापति तारादेवी भट्टले विषयगत मन्त्रालयले दिगो विकास लक्ष्यबारे गरेको प्रगति, चुनौती तथा समाधानका उपायबारे छलफल र अनुगमन गर्नुपर्ने जरुरी रहेको जनाउँदै समितिले दिएका निर्देशनको अनुगमन गरिने जानकारी […]

पशुपतिनाथको जग्गा अतिक्रमण तीव्र

१२ भदौ (रासस) :   पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका– ८ मा रहेको ५३४ रोपनी जग्गाको संरक्षण हुन सकेको छैन ।   जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्नेक्रम तीव्र बनेको छ । बालुवा खानीका कारण पटकपटक विवादमा आएको यो जग्गा कोषले संरक्षण नगर्दा वरिपरिबाट मिच्नेक्रम रोकिएको छैन । बस्तीका बीचमा धेरै जग्गा […]

एयरलाइन्सलाई बाँकी बक्यौता बुझाउन क्यानको ताकेता

१२ भदौ (रासस) :  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बाँकी बक्यौता बुझाउन एयरलाइन्सलाई ताकेता गरेको छ ।   क्यानले आज जरुरी सूचना निकालेर सञ्चालनमा नरहेका नौ एयरलाइन्सलाई बक्यौता रकम बुझाउन आग्रह गरेको हो । क्यानअन्तर्गत रहेका विभिन्न नागरिक उड्डयन कार्यालय वायुसेवा कम्पनीले बुझाउनुपर्ने रकम पटकपटक सूचना गर्दा पनि नबुझाएको भन्दै पुनः यो सूचना प्रकाशित […]

रघुगङ्गा नदी र गुर्जा खोला थुनिएकाले जोखिम कायमै

रघुगङ्गा गाउँपालिका–६ रायखोरको पहिरो खसेर बिहीबार थुनिएको रघुगङ्गा नदीमा करिब एक किलोमिटर लामो, १५ मिटर चौडाइ र १० मिटर गहिरो तलाउ बनेको छ ।     तलाउ भरिएर कालीगण्डकीको सहायक रघुगङ्गा नदी पुरानै स्वरुपमा बगे पनि निरन्तर खसिरहेको पहिरो र तलाउको सतह नघटेकाले जोखिम कायमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत साउन ८ […]

रसुवाको राजमार्ग सञ्चालन

८ भदौ (रासस) :  पहिराका कारण सोमबारदेखि अवरूद्व यहाँको पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा आएको छ ।धुञ्चे–ठूलोभार्खुको बीच खोपाङ पाखामा खसेको पहिरो हटाइएपछि सोमबारदेखि रोकिएका दर्जनौँ सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।     राजमार्ग खुलाउन आज बिहानैदेखि तीन डोजर परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिनुभयो । नेपाल चीनबीच व्यापारको एक मात्र राजमार्ग सोमबार […]

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो

पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो गएको छ ।     गए राति ९ बजे गएको पहिरामा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ भने मानवीय क्षति भने नभएको स्थानीयवासी राजन भुजेलले जानकारी दिनुभयो ।   अहिले पनि पहिरो निरन्तर खसिरहेकाले जोखिम रहेको जलविद्युत् आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी […]

नव यज्ञोपवित एवं रक्षाबन्धन धारण गरेर मनाइयो जनैपूर्णिमा (ऋषि तर्पणी)

६ भदौ (रासस) : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवित एवं रक्षाबन्धन धारण गरेर मनाइएको छ ।   पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँधेका छन् । यस पर्वका अवसरमा पशुपतिनाथलगायत प्रमुख मन्दिरमा स्वास्थ्य सुरक्षाका […]

दिक्तेल बजारको बाँकी सडक ढलानको काम शुरु

२९ साउन (रासस) : जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको बाँकी सडक ढलानको काम शुरु गरिएको छ । सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको रु दुई करोड ६८ लाख लागतमा दिक्तेल बजारस्थित सिँचाइ गेटदेखि नेपाल टेलिकमसम्मको सडक ढलानको काम शुरु गरिएको हो ।   अहिलेसम्म कच्ची अवस्थामाा सञ्चालन हुँदै आएको दिक्तेल बजारको सडक […]

सडक नभएपछि जोखिम मोलेर यात्रा गर्दै

सडक सञ्जालमा जोडिन बाँकी एक मात्रै जिल्ला सदरमुकाम सिमकोटवासी जोखिम मोलेर यात्रा गर्दै । सडक नहुँदा सिमकोट गाउँपालिका र आसपासका पालिकावासी उपचार वा उपभोग्य समान किन्न कष्टकर यात्रा गर्न बाध्य छन् ।     तस्बिर ः दाने बोहरा÷रासस केही समय पहिले सिमकोट–१ का पूर्ण भण्डारीले आफ्ना आफन्तलाई स्वाँस्वाँ आउने समस्याको उपचारका लागि झण्डै तीन घण्टा […]