३२ साउन (रासस) : नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ ९क्यान०का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई […]
महिला फुटबल बन्द प्रशिक्षणः दोस्रो चरणमा २८ खेलाडी छनोट
३१ साउन (रासस) : एसियन कप फुटबलको छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४५ मध्ये दोस्रो चरणमा २८ खेलाडी छनोट गरिएको छ । दोस्रो चरणमा बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिनु भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आज दोस्रो चरणमा सहभागी हुने खेलाडीको छनोट गर्नुभएको हो । बन्द प्रशिक्षणका लागि छनोट […]
साफ फुटबल च्याम्पियनशिप र एएफसी एशियन कपको छनोटको तयारी
साफ फुटबल च्याम्पियनशिप र एएफसी एशियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट गरिएको छ । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोली घोषणा गर्नुभएको हो । टोलीले आगामी सातादेखि प्रशिक्षण शुरु गर्नेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार सो प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा शुरु हुनेछ । […]
पोखरा स्पोर्ट्स अवार्ड भर्चुअलबाटै
नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीले ‘पाँचौँ पोखरा स्पोर्टस् अवार्ड २०७६/०७७’ भर्चुअलमार्फत आयोजना गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमण प्रभावका कारण गत वर्ष र यस वर्ष पनि अवार्ड समारोह स्थगन भएकामा मञ्चले यही असार १८ गते अवार्ड समारोह आयोजना गर्ने निर्णय गरेको हो । मञ्चको मङ्गलबार बसेको बैठकले सो दिन विश्व खेलकूद […]
पोखरा म्याराथन: छात्रामा नर्मता गुरुङ र छात्रमा विवेक परियारले मारे बाजी
कास्की, ४ वैशाख (रासस)- पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत आज सम्पन्न पाँच किमी दौडको उपाधि छात्रतर्फ विवेक परियार र छात्रातर्फ नर्मता गुरुङले जित्न सफल हुनुभएको छ। भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको १५औँ संस्करणको म्याराथनअन्तर्गत पोखरा रङ्गशालाबाट शुरु भएको सो दौडमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा अवस्थित ज्ञान ज्योति बोर्डिङ स्कूलका छात्र परियारले २१ मिनेट ५२ सेकेण्डमा निर्धारित […]
बङ्गुर पाल्न बाध्य भलिबलका राष्ट्रिय खेलाडी
“साथीभाइसँग रमाइलो, खेलप्रेमीको मायाले मात्र जीवन चलाउन सकिँदोरहेनछ। जीवनको ऊर्जावान् समय खेलकूदमा बिताए पनि अहिले खेलकूद छोडेर व्यावसायिक पशुपालनमा जोडिएको हुँ।” भजनी, ६ चैत (रासस)- जानकी गाउँपालिका–९ खैरीफाँटाका शिवराज भाटको नाम भलिबलमा चर्चित छ। उहाँ सुदूरपश्चिमा सो खेलमा सुपरिचित हुनुहुन्छ। खेल पेशाबाट स्थापित हुनुभएका उहाँ खेल जीवनबाट भविष्य सफल नहुने भएपछि अहिले व्यावसायिक पशुपालनमा […]
नेपाल पुलिस क्लबलाई काठमाडौं मेयर कपको उपाधि
काठमाडौं। गुल्सन झाको कसिलो बलिङ तथा सुनिल धमलाको अर्धशतकप्रेरित नेपाल पुलिस क्लबले आज काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। पुलिस क्लबले फाइनलमा आज सशस्त्र प्रहरी बल (एपीएफ) लाई आठ विकेटले पराजित गर्दै उपाधि जितेको हो। गुल्सन झाले कसिलो बलिङ गरेपछि टस जितेर ब्याटिङ गरेको एपीएफले २९.४ ओभरमा सबै विकेट गुमाएर एक सय पाँच […]
१३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यही फागुन १८ र १९ गते वीरेन्द्रनगरमा ग्रासरुट फुटबल प्रशिक्षणका लागि १३ वर्ष मुनिका खेलाडीको छनोट गर्ने भएको छ । हाल एन्फामा आवद्ध कर्णालीका सुर्खेत र जुम्लाका जिल्ला फुटबल सङ्घअन्तर्गत सञ्चालित ग्रासरुट फुटबल प्रशिक्षणमा राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि खेलाडी छनोट गर्न लागिएको हो । जिल्लास्तरमा सम्पन्न प्रारम्भिक चरणको छनोटबाट सुर्खेतका […]
कर्णाली प्रदेशस्तरीय फुटबल लिग चैतमा
हुम्लामा पहिलो पटक कर्णाली प्रदेशस्तरीय फुटबल लिग प्रतियोगिता हुने भएको छ । हुम्ला फटबल एकेडेमीको आयोजनामा आगामी चैत महिनामा हुने सो प्रतियोगिताको आवश्यक तयारी भइरहेको एकेडेमीका अध्यक्ष विष्णु रावतले जानकारी दिनुभयो । जिल्लामा नयाँ दर्ता हुन चाहने तथा दर्ता भइसकेका पुराना क्लबलाई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर लिगको तयारीमा जुट्न उहाँले आग्रह गर्नुभयो । लिगमा […]
‘बी’ डिभिजन लिग फुटबल आजदेखि
काठमाडौँ, ११ फागुन (रासस) शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि शुरु हुने भएका छन् । कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगन भएको थियो । लिगमा आज दुई खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिनुभयो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको […]