बझाङ, १० (रासस)- जयपृथ्वी नगरपालिका–५ का धनबहादुर बुढाथापा बाजेको पालादेखिनै मौरीपालन व्यवसायमा लागिरहेका छन् । सानै छँदाको उहाँलाई अहिले पनि सम्झना छ । बाजेको पालामा आफ्नो घरमा २५ घार मौरीको बताउने उहाँ अहिले पाँच घार मात्रै रहेको बताउँछन् । लामो समयदेखि मौरीपालन व्यवसायमा रहेका धनबहादुरले आफ्नो धन भनेकै मौरी भएको बताउनुभयो । तर पछिल्लो समयमा […]
बीमाको फाइदा: पीडित स्याउ किसानले पाए क्षतिपूर्ति
असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि जुम्ला, कालीकोट र मुगुका दुई हजार १२० स्याउ किसानले पाए क्षतिपूर्ति। –विजय रावत/ खलङ्गा, ३ चैत (रासस) जुम्ला, कालीकोट र मुगुका स्याउ किसानले क्षतिपूर्ति पाएका छन्। असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरूले क्षतिपूर्ति पाएका हुन्। शिखर इन्स्योरेन्स कम्पनीले जुम्ला, कालीकोट र मुगुका दुई हजार १२० स्याउ किसानलाई […]
बर्दियामा मौरी चराउने राणाको आम्दानी वर्षको २० लाख रूपैयाँ
“विदेश किन जाने, विदेशभन्दा नेपालमै पनि पैसा कमाउन सकिन्छ। हामी त मौरीमा रमाउँछौँ। कात्तिकदेखि माघमा तोरीको फूलको रस खान्छन् मौरीले, माघफागुनदेखि वैशाखसम्म रुदिलो झारीको फूलको रस र सिसौको फूलको रस अनि वैशाखजेठसम्म जामुनको फूलको रस खान्छन्।” –मेनका चौधरी/बाँके, ३ चैत (रासस) कोहलपुर नगरपालिका–६ बस्ने लीलबहादुर राणाका बाबुछोरा आजकाल मौरी चराउन बर्दियामा रहेको भोलागौडीको जङ्गलको […]
रासायनिक मल नेपालमै उत्पादन गर्न १ खर्ब ३ अर्ब लगानी चाहिने
नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालन गर्न उपयुक्त देखिने सरकारी अध्ययनले देखाएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित रासायनिक मल कारखाना स्थापनाको प्राराम्भिक अध्ययन समितिले प्राकृतिक ग्याँस प्रविधिमा आधारित मल कारखाना स्थापना र सञ्चालन गर्न सकिने सुझाव सहितको प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा प्राकृतिक ग्याँस प्रविधिमा आधारित मल कारखाना स्थापना गरेमा मल आपूर्तिको […]
कुचोको मूल्य किन बढ्यो तीनगुणा ? अम्रिसो किसानचाहिँ खुशी
–देवेन्द्र कार्की/धरान, १ चैत (रासस) पहाडी जिल्लामा उत्पादन हुने नगदेबालीका रुपमा रहेको अम्रिसो कुचोको मूल्य यो वर्ष उच्च भएको छ। अम्रिसो भारत निर्यात हुन थालेपछि यस वर्ष कुचोको मूल्य पनि आकासिएको बताइएको छ। विगतमा प्रतिवटा रु ४० का दरले बिक्री हुँदै आएको अम्रिसो कुचो अहिले बजारमा रु १०० देखि १३० सम्म बिक्री भइरहेको पाइएको छ। […]
मूल्य पनि राम्रो पाइने आशमा टिमुरखेतीतर्फ किसान
तनहुँ (रासस)-आँबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्कका करीब ६५ घरधुरी मिलेर व्यावसायिकरुपमा टिमुरखेती गर्दै आएका छन्। स्थानीयवासीले आफ्नो क्षमताअनुरुपको टिमुरका बिरुवा ल्याएर लगाउँदै आएका हुन्। हाल २०० रोपनी क्षेत्रफलमा करीब २० हजार टिमुरका बिरुवा लगाइसकेका छन्। थोरै लगानी र मिहिनेतमा राम्रो आम्दानी हुने देखेपछि यहाँका मानिसहरू टिमुरखेतीतर्फ आकर्षित भएको हिलेखर्क–बाँसलडाँडा एकीकृत कृषक समूहका अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो। […]
टर्कीबाट ल्याइएका ओखरको बिरुवा अनुदानमा कृषकलाई वितरण
रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय उन्नत जातको अर्थात दाँते ओखरको खेतीतर्फ आकर्षित भएका हुन् । पछिल्लो समय जिल्लाका कृषकदेखि लिएर जनप्रतिनिधि र राजनीतिमा सक्रिय व्यक्तिले पनि दाँते ओखरको खेती गरिरहेका छन् । ओखर खेतीलाई उन्नतरूपमा विस्तार गर्न जिल्लामा भर्खरै टर्कीबाट […]
कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा
सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ । व्यावसायिक कृषि गर्नेलाई सुलभ कृषि कर्जा प्रदान गर्न नगरपालिका र नेपाल बैंक लिमिटेडबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल र नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेशका मुख्य प्रबन्धक लेखनाथ भुसालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो […]
किसानले एपमार्फत कृषि उपजको जानकारी लिँदै
नमोबुद्ध नगरपालिकाका किसानले अब मोबाइल एपमार्फत कृषि उत्पादन तथा बजारसम्बन्धी जानकारी पनि पाउने भएका छन् । यसका लागि नगरलाई गैरसरकारी संस्थासमेतले ‘जीओ कृषि एप’ सहयोग गरेका छन् । नगरपालिका, इसिमोड, सिप्रेड र पाथवेको सहकार्यमा डिजिटल कृषि सूचना केन्द्र, सरल कृषि विस्तार सेवा (जिओ कृषि एप) हस्तान्तरण भएसँगै अब किसानले प्रविधिको प्रयोग गर्दै कृषि व्यवसायलाई थप […]
मतगणना परिसरमा १३ वर्षीया इच्छाकाे काँक्राे व्यापार, दैनिक २,५०० आम्दानी
बारा, ४ जेठ: बाराको निजगढमा स्थानीय तह निर्वाचनको मतगणना निजगढ नगरपालिकाको वडा नम्बर ७ स्थित नगरपालिकाको कार्यालयमा चलिरहेको छ । नगरपालिकाको सभाहल लगायत अन्य दुई कोठाभित्र मतगणना चलिरहेका बेला भवनको पश्चिमतर्फ २४ सैं घण्टा राजनीतिक दल र उम्मेदवार, कार्यकर्ता र शुभचिन्तकहरूको भिड लागिरहेको हुन्छ । त्यहि भिडको छेउमा काँक्रो बेच्न बसेका छिन् निजगढ नगरपालिका […]