हाइब्रिड रामपुर–१०: भारतीय हाइब्रिड मकैभन्दा वढी नै उत्पादन

बाँके, १८ वैशाख- थारै जमिनमा उच्च प्रतिफल दिने उच्चजात (हाइब्रिड)का मकैका बीउ जिल्लामा उत्पादन शुरुआत भएको छ। रामपुर–१० जातको बीउ उत्पादन शुरु भएको गेट नेपालले जनाएको छ। सो संस्थाका प्रमुख टिकाराम उपाध्यायले धेरै उत्पादन हुने रामपुर–१० जातको मकैका बीउ उत्पादन शुरु भएको बताउनुभयो।  धान, गहुँ, मकै, मुसुरो, मुङ र तरकारीखेतीमा काम गर्दै आएको सो संस्थाले […]

चिया निर्यात बढ्यो तर स्वदेशमा खपत कम; वार्षिक २०० ग्राम प्रति व्यक्ति मात्र

काठमाडौँ, १७ वैशाख – ‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ  वैशाख १६ गते २५औँ राष्ट्रिय चिया दिवस मनाइएको छ। मुलुकको अर्थतन्त्रलाई उठाउनका लागि चियाले भूमिका निर्वाह गर्दै आएता पनि यो वर्ष कोरोना भाइरसको महामारीका कारण औपचारिक रूपमा दिवस मनाउन भने सकिएन। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड नेपालका […]

कृषक चिन्तित

धनगढी उपमहानगरपालिका–२ कृष्णनगर टोलका स्थानीयले व्यावसायिक रुपमा गरेको गोलभेंडा खेतीमा पाकेको गोलभेंडा । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले १६ गतेबाट एक हप्ताको लागि बन्दाबन्दी गरेपछि उत्पादित तरकारी खेर जाने भयो भन्दै यहाँ किसान चिन्तित छन् । तस्बिर : तिलकराज ओझा÷रासस

बाख्राले पनि  यसरी फेर्दो रहेछ महिलाको जिन्दगानी

रामपुर,१४ वैशाख– निस्दी गाउँपालिका वडा नं ५ बहपुर बस्ने खुमीसरा रानाले एउटै खसी रु ३७ हजारमा बिक्री गर्नुभयो। आफूले पालेको खसी यतिधेरै मूल्यमा बिक्री गर्न पाउँदा उहाँ अहिले दङ्ग हुनहुन्छ। दुई चार पैसाका लागि सधैँ श्रीमान्‌को भरपर्न बाध्य राना अहिले आफैँले पालनपोषण गरेको एकै खसीबाट रु तीस हजार नगद हातपार्न पाएपछि उहाँका खुशीका आँशु झरेका […]

सरकारी मूल्यमा गहुँ खरिद शुरु

प्रत्येक वर्ष धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले मङ्गलबारदेखि किसानसँग समर्थन मूल्यमा गहुँ खरिद शुरु गरेको छ । संस्थानले नगदमै किसानसँग गहुँ खरिद शुरु गरेको हो । यसअघि सरकारी स्वामित्वमा रहेको संस्थानलाई धान बेच्दा राम्रो मूल्य पाएका किसान अहिले गहुँ बेच्न आकर्षित हुन थालेका छन् । सरकारले गहुँको […]

बोरिङ जडान थालिएपछि मुहारमा चमक

आफ्ना खेत ग¥हामा सिँचाइ सुविधाका लागि बोरिङ जडानको काम थालिएपछि मटिहानी नगरपालिकाका किसानको मुहारमा चमक बढेको छ । जिल्लास्थित भूमि, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय जलेश्वरले नगरपालिकाको समन्वयमा पावरड्रिल स्यालो ट्युबवेल–बोरिङ जडान कार्य थालेपछि किसानको मुहारमा चमक बढेको हो । वडा नं ६ मा अहिले एकसाथ १० वटा यस्ता बोरिङ जडानको काम थालिएको छ । […]

माछापालनप्रति किसानको आकर्षण बढ्दै

कुश्मा नगरपालिकाका युवा माछापालनमा आकर्षित भएका छन् । नगरपालिकाको वारी अम्बोट, दोविल्ला, पकुवा, चुवा, खुर्कोट र पाङमा व्यावसायिक माछापालन फस्टाउँदै गएको हो । सरकारी निकायको अनुदान र किसानको मेहनतका कारण पछिल्लो समयमा माछापालन व्यवसाय बढ्न थालेको छ । मोदीखोला र कालीगण्डकी किनारमा व्यावसायिक माछापालन गर्ने बढेका छन् । सो नगरपालिकाका पशुसेवा शाखाका प्रमुख मित्रलाल सापकोटाका […]

मकै छर्दै कृषक (फोटो फिचर)

यतिबेला पहाडी क्षेत्रका किसानहरुलाई बारीमा मकै छर्न भ्याइनभ्याई छ । प्रविधिले कृषिमा ठूलै परिवर्तन ल्याइसकेको छ । तर, राइनास नगरपालिका, वडा नं १० का कृषकहरु अझै पनि परम्परागत कृषिकै अभ्यास गरिरहेका छन् । परम्परागत कृषि शैलीलाई अभ्यास गरेको गरेकै कारण लागत धेरै लाग्ने र आम्दानी कम हुने गरेको पाइएको छ । कृषिकर्ममा लाग्ने जनशक्ति र […]

पशुजन्य उत्पादनमा अनुदान पाएपछि कृषकहरु उत्साहित

पर्वतको महाशिला गाउँपलिकाले पशुपालन गर्न ईच्छुक कृषकहरुलाई अनुदान दिएपछि यहाँका युवाहरु पशुपालनतर्फ आकर्षित भएका छन् । युवालाई स्वरोजगार बनाउने उद्देश्यले गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि यहाँका कृषक उत्साहित बनेका हुन् । गाउँपालिकाले दूधमा प्रतिलिटर रु १० र खसीबोका उत्पादनमा प्रतिकिलो रु २५ अनुदानको व्यवस्था गरेको छ । गाउँका कुनै पनि कृषकले उत्पादन गरेर निर्यात […]

बाख्राका पाठा डेढ लाख रूपैयाँसम्ममा बिकेपछि………….

      ती बाख्रालाई १८० लिटर पानी र ३० केजीको हाराहारीमा पौष्टिक आहार खुवाउने गरिएको छ। – चन्द्रकला भण्डारी झापा, ११ चैत (रासस)– पछिल्लो समय युवाहरू वैदेशिक रोजगारी त्यागेर स्वदेशमै उद्यमशीलतामा रमाउन थालेका छन्। मेचीनगर नगरपालिका–१० का ४१ वर्षीय विजय नेपाल त्यस्तै युवामध्येका एक हुन्, जसले खाडी मुलुक युएईको दुबईमा सात वर्ष बसेर फर्केपछि […]