विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९मा जङ्गली जडीबुटीबाट ४० लाख १६ हजार ६४ रूपैयाँ राजश्व सङ्कलन भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वन लसुन, गुची च्याउ, निगालो, यार्सागुम्बा जस्ता जङ्गली जडीबुटी सङ्कलन र टिम्बर काठ बिक्रीबाट पनि उक्त राजश्व सङ्कलन भएको हो। यस आवमा जिम्बु सङ्कलनबाट रु.३९ हजार ९८, वन लसुनबाट रु. ४ […]
१२ सय लिटर तेलसहित चार जना पक्राउ
काठमाडौं, १३ असार: बारा प्रहरीले भन्सार छली गरी ल्याएको एक हजार २०० लिटर पाम तेल बरामद गरेको छ । तेल ल्याउन प्रयोग गरिएको दुई पिकअपसहित चार जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१५ का २६ वर्षीय मैरुद्दीन अन्सारी, उनका भाइ २० वर्षीय मैरुद्दीन अन्सारी, कलैया–१७ सुराहीका २१ […]
१६ अर्बभन्दा बढीको फलफूल नेपाल भित्रियो
काठमाडौं, १२ असार : चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा १६ अर्ब २० करोड ७५ लाख ५० हजार रुपैयाँको फलफूल भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त रकम बराबरको फलफूल नेपाल भित्रिएको हो । सो अवधिमा नेपालमा १ अर्ब ५७ करोड ४७ […]
गफाडी मन्त्री , आशावादी किसान
दाङमा रासायनिक मलको अभाव देखिएको छ । खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभाव हुँदा किसानलाई बर्सेनि सास्ती हुने गरेको छ । धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा पनि मल आवश्यक पर्ने भएपनि अहिले मल अभाव हुँदा समस्या हुने गरेको तुलसीपुर उपमहानगरपालिका–१६ का किसान यज्ञबहादुर चौधरीले बताउनुभयो । “गएको वर्ष पनि समयमै मल नपाएपछि […]
रैथानेबाली प्रवर्द्धनका लागि तेस्रो जुम्ला महोत्सव आयोजना गरिने
जुम्ला, २० जेठ: जुम्लामा तेस्रो जुम्ला महोत्सवको आयोजना गरिने भएको छ । उद्योग वाणिज्य संघ जुम्लाले कर्णालीको कला, संस्कृति, भाषा र साहित्यको संरक्षण तथा रैथाने बालीको प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिने जनाएको छ । पर्यटन तथा व्यापार प्रवर्द्धन र आर्थिक वृद्धिको लागि तेस्रो जुम्ला महोत्सवको आयोजना गर्न लागिएको महासंघले जनाएको छ । संघले शुक्रबार […]
यसर्थ, यस बर्ष वजेट पछी मैले धान खेती परित्याग गरे !
अन्ततः मैले यस बर्ष धान खेती नगर्ने निर्णय लिए। अस्ति बजेट आउने दिनसम्म पर्खेको थिए, मैले अनुभव गरिरहेको कठिनाईको समाधानमा सरकारबाट कुनै पहल हुन्छ कि भनेर। बजेटमा कृषिका लागि धेरै राम्रा कुराहरू आएको भनिएका छन्। यसले गर्दा पछि पछि मुलुकमा धेरै राम्रा प्रगतिहरू होलान्। तर, म मेरो तत्कालको समस्यामा केन्द्रीत रहेर तलका केही पंक्तिहरू […]
अरबमा दु:ख गरेका फर्केका मोरङका युवाले थाले केराखेती
मोरङ, १ चैत्र २०७७ (रासस): मोरङका युवा व्यावसायिक केराखेतीमा जुटेका छन्। विदेशमा १० नङ्ग्रा खियाउनका सट्टामा स्वदेशी माटोमै काम गर्ने उद्देश्यले व्यावसायिक केराखेती लगाउन अभियान सञ्चालन गरेका छन्। वैदेशिक रोजगारीका लागि कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत तथा मलेशियालगायतका पुगेका मोरङका १० युवाले कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा ८५ बिघा जग्गामा मालभोग जातको केरा लगाएका […]
तरकारीले आत्मनिर्भर बन्दै पवित्रा, धना र नानीदेवीहरू
दैलेखको आठबीस नगरपालिका– ३ कुमालखाडीवासी तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै गएका छन्। गुजाराका लागि मात्र तरकारी फलाउँदै आएका किसान व्यावसायिक तरकारी खेती गर्न थालेपछि आत्मनिर्भर बनेका हुन्। तरकारी उत्पादन गर्नथालेपछि आम्दानीका साथै कुमालखाडा गाउँको नामसमेत बदिलएको स्थानीय बासिन्दा पवित्रा माझीले बताउनुभयो। “पहिला गाउँलाई कुमालगाउँ भन्थ्यौं, आजभोलि तरकारी नमूना गाउँ भनेर चिनिएको छ, विदेशिएका पुरुषसमेत […]
युरियाको झोल मल प्रयोगमा अनुमति
रासायनिक मलको चरम अभाव झेलिरहेको किसानहरुलाई राहत पुग्ने गरी सरकारले पहिलो पटक नेपालमा युरियाको झोल मल प्रयोग गर्न अनुमति दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादव ले भने, ‘दाना युरिया मल भन्दा बढी प्रभावकारी र सस्तोमा उपलब्ध हुने यस्तो मल अब सरकारी तथा निजी कम्पनीले आयात गरेर बिक्री गर्न पाउने गरी अनुमति […]
उपत्यकाभित्र बर्डफ्लू (HP1-Subtype F5F1)
भक्तपुरमा बर्डफ्लू भेटिएको छ। सूर्यविनायक नगरपालिका-१० स्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्ममा बर्डफ्लू भेटिएको हो। ती पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले पुष्टि गरेको हो। प्रयोगशालाका अनुसार ती फार्मका कुखुरामा एच पी वानको सवटाइप एफ […]