बजारमा अदुवाको माग घटेपछि किसान कम मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । बारीमै अदुवा कुहिन थालेपछि कम मूल्यमा नै बिक्री गर्न बाध्य भएको तनहुँको भिमाद नगरपालिका–४ रजिडाँडाका अदुवा कृषक तुलबहादुर राना बताउनुहुन्छ । “अदुवा निकाल्ने समय भएको छ । अदुवाको माग खासै आएको छैन । कुहिनुभन्दा कम मूल्यमा बिक्री गर्न थालेका छौँ”, उहाँले […]
तोरी खेतीमा किसानको आकर्षण किन बढेन ?
पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका–५ का पिताम्बर पन्थीले तेलको अड्को-पड्कोका लागि मात्र तोरी खेती गरेका छन् । “मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु”, उनले भने, “तोरी खेती सजिलो भए पनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन”, पन्थीले भने । आफूले गरेको तोरी खेती सधैँ आकाशे […]
कर्णाली वेभरेजले वाईन बनाउन मुसीकोटमा उत्पादित किवी खरिद गर्ने
१७ मंसिर, रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्छन। आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उनले अन्य खेतीपाती गर्ने जग्गामा किवीको बिरुवा लगाएका छन् । बिरुवा लगाइएको करिब दुई वर्षमै बारीमा किवी फल्न थालेपछि शाही निकै खुसी छन् । किवी फले पनि जिल्लामै थोरै […]
आज राष्ट्रिय कफी दिवस
मङ्सिर १६ गते । कफी खेती र व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार राष्ट्रिय कफी दिवस मनाइँदै छ । यो राष्ट्रिय कफी दिवसको १८औँ संस्करण मङ्सिर १६ गते शुक्रबार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सञ्चालन हुन गइरहेको छ । प्रत्येक वर्ष मङ्सिर १ गते मनाइने कफी दिवसको मूल समारोह यस पटक प्रतिनिधि सभा तथा […]
आठ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य; १७ वर्षमा ७२% प्रगति
कात्तिक १८ गते । आठ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाको निर्माण क्षेत्र विस्तार हुँदै जाँदा लागत र समय थप हुँदै गएको छ । २०७० माघ मसान्तसम्म निर्माण पूरा गर्ने लक्ष्यका साथ २०६२ सालमा सुरु गरिएको भए पनि गत आर्थिक वर्षसम्म ७२ प्रतिशत मात्रै काम भएको आयोजनाले जनाएको छ । […]
मनाङमा असोजमै हिमपात
असोज २० गते । हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार बिहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबारबाट हिउँ पर्न थालेको हो । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार तीन दिनदेखि निरन्तर परेको वर्षाले हिउँ पर्न थालेको हो । हिउँले डाँडाकाँडा […]
बजारमा कुहिएको माछा !
भदौ २९ गते । झापाको बिर्तामोडमा भारतबाट मरेका माछाहरु ल्याएर विक्री गर्ने गरेको पाईएको छ । चाडपर्वको समयमा हुन सक्ने ठगी नियन्त्रणका लागि सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेसहितको टोलीले बजार अनुगमन गर्दा यस्तो पाईएको हो । मरेका माछालाई कुहिन नदिन फर्मालिन नामको विषाक्त रसायनको प्रयोग हुन्छ । यसले मानव स्वास्थ्यलाई प्रतिकुल असर पु¥याउन सक्छ । […]
कुनै बेलाकोको ‘चौरीको राजधानी’: व्यापारीलाई फाइदा, मारमा किसान, संकटमा व्यवसाय
सिन्धुपाल्चोक । आफ्नो उमेरभन्दा पनि पाको र ठाडो भीरमा अवस्थित चौरीखर्क धाउने वृद्धवृद्धाहरूलाई अचेल खर्कमा रमाइलो कम र अत्यास ज्यादा लाग्न थालेको छ । आफ्ना न्यूनतम आवश्यकता पनि यो पेसाबाट पूर्ति हुन सकेका छैनन् । चौरी पाल्नेका छोराछोरी कोही काठमाडौंतिर पढ्न गएका छन् त कोही वैदेशिक रोजगारीमा खाडी मुलुक पुगेका छन् । बाँकी बालबालिका गाउँमै चौरीगोठ र […]
नेपालमा भेटियो छेपारोको नयाँ प्रजाति
नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ। पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो। यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो। ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगै नेपालमा अब छेपारो प्रजातिको संख्या ४१ पुगेको छ। […]
स्याउ काँचो निर्यात गर्दा …
जुम्ला, २० साउन: जुम्लाको कृषि विकास कार्यालयले स्याउ निर्यातको लागि पालिका स्तरका कृषि शाखा, पालिका उत्पादित किसान र व्यापारीसँग छलफल गरेको छ । जुम्ला जिल्लाको पहिचानको रूपमा रहेको स्याउ काँचो निर्यात गर्दा पहिचान गुम्न सक्ने खतरालाई मध्यनजर गर्दै कृषि कार्यालयले यस्तो खालको छलफल गरेको हो । विगतका वर्षमा किसानले स्याउबाट बढी आम्दानी पाउने आशाले […]