पोखरा, । स्याङ्जाको वालिङमा आँधीखोला नदी संरक्षणका लागि खटिएका व्यक्तिलाई कुट्ने एक जना पक्राउ परेका छन् । आँधीखोलाको विषयलाई लिएर मंगलबार वालिङ नगरपालिका ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं संरक्षण अभियन्ता दिनकर नेपाल र मेघ आलेमाथि आक्रमण भएको थियो । आक्रमणमा संलग्न वालिङ नगरपालिका ८ का २९ वर्षीय साजन पंगेनीलाई सोही […]
मेरो खातामा १ करोड ८० लाख रकम जम्मा भएको छैन :- रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार माध्यममा समाचार आएको जस्तो १ करोड ८० लाख रकम आफ्नो खातामा जम्मा नभएको बताएका छन्। सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले सञ्चार माध्यममा आएको जस्तो १ करोड ८० लाख रकम आफ्नो खातामा जम्मा नभएको बताएका हुन्। उनले […]
अख्तियारको मुख्यालयमा मृत भेटिए प्रहरी जवान, झुन्डिए कि झुन्ड्याईयो ?
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टंगालस्थित केन्द्रीय कार्यालयमा एक जना प्रहरी मृत भेटिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार साँझ २५ वर्षका प्रहरी जवान खगेन्द्र नेपाली मृत भेटिएका हुन्। उनी एउटा कोठाको सिलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो। घटनाबारे परिसरले थप अनुसन्धान गरिरहेको छ।
बन्द होलान् हजारभन्दा बढी क्रसर?
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ। मन्त्रालयले कानुन विपरित दर्ता भएका र नवीकरण नगरी सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योग तत्काल बन्द गर्न ७७ जिल्लाका प्रमुख जिल्ला अधिकरीलाई निर्देशन दिएको हो। निर्देशनमा ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा […]
दिवा खाजामा व्यापक अनियमितता; आउँदै नआएका विद्यार्थीकाे नाममा समेत रकम निकासा
सिरहा, २ पुस: सिरहाको अधिकांस विद्यालयमा दिवा खाजाको रकममा व्यापक अनियमितता हुने गरेको पाइएको छ । विद्यालयका शिक्षकहरूले दिवा खाजाको पैसा पचाउन विद्यालयनै नआएका विद्यार्थीको समेत हाजिरी गरी अनियमितता गर्दै आएको पाइएको हो । स्थानीय तहका नगर शिक्षा शाखाले विद्यार्थीको उपस्थितिको आधारमा मात्र दिवा खाजाबापतको रकम पठाउने भएपछि विद्यालय नआएका विद्यार्थीको पनि हाजिर बनाउने गरेका […]
सत्ताको लागी अपराधी छुटाउन अध्यादेश ; देउवा नेतृत्वको गठबन्धनको कालो कर्तुत
सरकारले टीकापुर हत्याकाण्डमा दोषी ठहर भई कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलगायतलाई आममाफी दिन मिल्ने गरी ल्याएको अध्यादेशको सर्वत्र विरोध भएको छ। चौधरी र राउतका कार्यकर्तामाथि अन्याय भएको निष्कर्षमा होइन, सरकार गठनका लागि बहुमत पुर्याउने उद्देश्यले कानुन संशोधन गर्न खोजिएको हो । पाँचदलीय सत्ता गठबन्धन १ सय ३६ स्थानमा मात्रै विजय भएको छ, […]
विदेशी निकायको दवावमा राष्ट्र बैकद्वारा स्थापित सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा कती प्रवाभकारी हुनेछ ?
नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गरेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निरीक्षण तथा सुपरिवेक्षण गर्न उक्त महाशाखा स्थापना गरिएको राष्ट्र बैंकले जनाएको छ । यसअघि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी सबै काम राष्ट्र बैंकमा रहेको ‘फाइनान्सियल इन्टेलिजेन्स युनिट (एफआईयू) मार्फत हुँदै आएको थियो । अब उक्त काम सम्पत्ति शुद्धीकरण तथा […]
भर्चुअल हुण्डीको मारमा नेपाली अर्थतन्त्र
विदेशबाट ‘डलर कार्ड’ भित्र्याएर नेपाल बसी–बसी विदेशी वस्तु वा सेवा खरीद गर्ने काम अहिले व्यापक छ। करको दायरामा नआउने यो ‘भर्चुअल हुण्डी’ ले अवैध र आपराधिक कामलाई बढावा दिइरहेको छ भने डिजिटल उद्यम गर्नेलाई सास्ती ।
हातहतियार बुझाउन लमजुङ प्रशासनको निर्देशन
इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै प्रशासनले ५ कात्तिकभित्र हातहतियार बुझाइसक्न निर्देशन दिएको हो। ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैधले बताए । […]
धानखेतमा २ जना किशोरीको शव फेला
धनुषाको नगराइन नगरपालिका-७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन-७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन-७ मा बस्दै आएकी १९ वर्षीया आरतीकुमारी महराको शव फेला परेको हो । स्थानीयवासी खेतमा जाँदै गर्दा ती किशोरीलाई मृतावस्थामा […]