काठमाडौं ,२४ साउन: वर्षेनी लाखौंको संख्यामा नेपाली रोजगारी खोज्दै खाडी र मलेसिया पुग्छन् । यसरी नै विदेशीहरु पनि रोजगारी खोज्दै नेपाल आउने गर्छन्, तर त्यति ठूलो संख्यामा भने होइन । पछिल्ला वर्षहरुमा नेपाल श्रम स्वीकृति लिएर रोजगारीमा आउने विदेशीको संख्या बढ्दो छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालमा आउने विदेशीलाई श्रम स्वीकृति दिने […]
अरुको देशमा ड्रोन हमला गरेर हत्या गर्छ अमेरिका
न्युयोर्क, १७ साउन: अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सोमबार अल कायदा नेता अयमान अल जवाहिरीको हत्याको स्वागत गरेका छन् । अफगानिस्तानको राजधानी काबुलमा अमेरिकाले गरेको ड्रोन हमलामा अल जवाहिरीको मृत्यु भएको थियो । ओबामाले यो हत्या अफगानिस्तानमा युद्ध नगरी पनि आतंकवादसँग लड्न सम्भव छ भन्ने प्रमाण रहेको बताए । ९ ११ को २० वर्षभन्दा पछि, […]
समुन्द्री तटमा खिचिएका तस्बीर थाहा नदिई विज्ञापन बनाइएपछि…
म्याड्रिड, १५ साउन: स्पेन सरकारले अनुमति बिना आफ्नो तस्बीर प्रयोग गरेर कृत्रिम खुट्टा सम्पादन गरेपछि एक बेलायती मोडल क्रुद्ध बनेकी छिन् । तस्बीरलाई स्पेनको समानता मन्त्रालयले सुरु गरेको शारीरिक सकारात्मकता अभियानको हिस्साको रूपमा प्रयोग गरिएको थियो । तर, ३२ वर्षीया सियान ग्रीन–लर्डले आफूले अभियानबारे साथीहरूले सन्देश पठाएपछि मात्र थाहा पाएको बताइन् । आफ्नो तस्बिर अनुमतिबिना […]
बाइडेनलाई पुनः कोभिड पोजेटिभ
न्युयोर्क—अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोस्रो पटक कोभिड परीक्षण भएको छ । पुनः कोभिड देखिएपछि परीक्षणका लागि उनी आइसोलनमा बसेको ह्वाइट हाउसका चिकित्सकले बताएका छन् । ७९ वर्षीय बाइडेनले ‘शनिबार बिहान एन्टिजेन परीक्षणका क्रममा कोभिड पोजेटिभ देखिएको छ’, राष्ट्रपतिका चिकित्सक केभिन ओकोनरले एउटा ज्ञापनपत्रमा लेखेका छन् ।
जब चिकित्सकका टोली हतारमा पुटिनको बेडमा पुगे…
मस्को, १ साउन: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वस्थ महसुस गरेका छन् । यही शनिबार पुटिनले ‘गम्भीर वाकवाकी’को गुनासो गरेपछि चिकित्सकहरूको दुई ओटा टोली भ्लादिमिर पुटिनको राष्ट्रपति कार्यालयमा पुगेका थिए । पुटिनलाई ‘तत्काल चिकित्सकी हेरचाह’ आवश्यक भएकाले प्यारामेडिक टोलीले थप चिकित्सक बोलाएको रूसी टेलिग्राम च्यानल जनरल एसभीआरलाई उद्धृत गर्दै इन्डिपेन्डेन्टले जनाएको छ । तीन घण्टासम्मको […]
राहुल गान्धी पक्राउ
नयाँ दिल्ली–भातीय कंग्रेसका नेता राहुल गान्धीलाई मंगलबार हिरासतमा राखिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफतार गरेको थियो । सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा बोलाइएको थियो । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति […]
द्रौपदी मुर्मुले आज राष्ट्रपतिको सपथ लिँदै
नयाँ दिल्ली, ९ साउन: भारतमा राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मुले आज पद तथा गोपनियताको सपथ लिँदैछिन् । मुर्मुले सोमबार बिहान सवा दश बजे एक विशेष समारोहबीच पद तथा गोपनियताको सपथ लिनेछिन् । प्रधानन्यायाधीश एनभी रमानाले उनलाई राष्ट्रपतिको पद तथा गोपनियताको सपथ गराउनेछन् । सपथ समारोहअघि निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द र राष्ट्रपति निर्वाचित मुर्मु एक औपचारिक समारोहमा […]
अमेरिकाद्वारा हाइपरसोनिक मिसाइल परीक्षण
न्युयोर्क—अमेरिकाले हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ । ध्वनिको गतिभन्दा पाँच गुणा छिटो गतिमा प्रहार गर्न सकिने रेथियोन टेक्नोलोजी कर्प एयर–ब्रेथिङ हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको अमेरिकी रक्षा मन्त्रालयले पेन्टागनले जनाएको छ । सन् २०१३ पछि उसको यो तेस्रो सफल परीक्षण हो । यसअघि जुन २९ मा पनि विभिन्न प्रकारका हाइपरसोनिक हतियारको […]
‘एसपीपी अस्वीकार गर्दा देउवाको अमेरिका भ्रमण रोकियो’?
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण एसपीपी अस्वीकार गरेका कारण रद्द भएको सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दाबी गरेका छन् । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्छौं भनेसँगै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको उनले दाबी गरेका छन्। ‘एसपीपी केपी ओलीको पालामा ल्याएको थाहा भयो । त्यस्तो अवस्थामा शेरबहादुर […]
भारतमा एकै दिन १८ हजार कोभिड संक्रमित
नयाँ दिल्ली, २७ असार: भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै छ । पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा ४२ जनाको मृत्युसँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ […]