प्रदेश २ अव ‘मधेस प्रदेश’ , राजधानी जनकपुरधाम

माघ ३, २०७८: प्रदेश २ को नाम मधेस नामकरण भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकबाट २ तिहाई मतले प्रदेश २लाई मधेस प्रदेश नामकरण गरिएको हो । हाल कायम रहेका ९९ सांसदमध्ये ८० जनाले प्रदेशको नाम मधेस राख्ने प्रस्तावको पक्षमा मतदान गरेका थिए । सोमबार नै  प्रदेशको राजधानी जनकपुर राख्ने निर्णय भइसकेको छ ।   दुई तिहाइ […]

मिथिलामा विवाहपञ्चमीको उल्लास, मटिहानीमा आज मटकोर

  १९ मंसिर (रासस) :  विवाहपञ्चमी पर्वको अवसरमा मिथिला क्षेत्र उल्लासमय बनेको छ । मङ्सिर शुक्ल पञ्चमीका दिन त्रेतायुगमा मर्यादा पुरुष श्रीराम र आदर्श नारी सीताको विवाह भएको सम्झनामा मनाइने यो पर्वमा आज मिथिला परम्पराअनुसार जनकपुरमा धनुष भङ्ग सम्पन्न भएको छ ।     यता महोत्तरीको लक्ष्मीनारायण मठमा भने ‘मटकोर’ सम्पन्न गरिँदैछ । सप्ताहव्यापी मनाइने […]

फोहर व्यवस्थापन नहुँदा वाग्मती प्रदूषित बन्दै

८ भदौ (रासस) :  प्रदेश २ कै धार्मिक तथा पर्यटकीयस्थल नूनथर प्रदूषित बन्दै गएकोे छ । रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित उक्त स्थललाई नूनथर क्षेत्र विकास समितिले नै संरक्षण, प्रवद्र्धन र सञ्चालनमा चासो नदिँदा दिनदिनै यहाँ उत्सर्जित फोहरले प्रदूषण बढाएको हो ।   घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक, तीर्थालु, पिकनिक मनाउनेहरूले फालेका र होटलबाट निस्कने […]

बोरिङ जडान थालिएपछि मुहारमा चमक

आफ्ना खेत ग¥हामा सिँचाइ सुविधाका लागि बोरिङ जडानको काम थालिएपछि मटिहानी नगरपालिकाका किसानको मुहारमा चमक बढेको छ । जिल्लास्थित भूमि, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय जलेश्वरले नगरपालिकाको समन्वयमा पावरड्रिल स्यालो ट्युबवेल–बोरिङ जडान कार्य थालेपछि किसानको मुहारमा चमक बढेको हो । वडा नं ६ मा अहिले एकसाथ १० वटा यस्ता बोरिङ जडानको काम थालिएको छ । […]