२२ साउन (रासस) : प्रदेश नं १, प्रदेशसभाको आज बसेको बैठकले ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले सो प्रस्ताव सभामा पेश गर्नुभएको थियो । विधेयक माथिको […]
चोरी भएको छिन्नमस्ताको मुकुट भेटियो
१८ साउन (रासस) : छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक) आज फेला परेको छ । चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार राति करिब ७ः०० बजे सरसफाइका लागि मन्दिरका पुजारी पोखरीबाट पानी लिन गएका बेला मुकुट चोरी भएको थियो । चोरी गरेका मण्डलले बिहान आफैँले […]
भारतबाट आएको हात्तीले धानबाली नष्ट
१७ साउन (रासस) : पूर्वोत्तर झापाको बाहुनडाँगीमा विद्युतीय तारबार नाघेर भारतबाट आएको जङ्गली हात्तीले धानखेतीमा क्षति पु¥याउन थालेको छ । विगतमा पाकेको धान, मकै, कोदोलगायतका बाली खाने हात्तीले अहिले लहलह हुर्किदै गरेका धानका बोट नै खान थालेको मेचीनगर नगरपालिका–४ का शङ्कर लुइँटेलले बताउनुभयो । उहाँका अनुसार आज बिहान आएको एउटा हात्तीले स्थानीयवासी सन्तोष […]
मेलम्चीमा फेरी वाढीको वितण्डा : रातो पुल, झोलुङ्गे पुल बगायो, रेडियो मेलम्चीको भवन ढल्यो
शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ । […]
दुर्गममा चिकित्सक पाउनै गाह्रो ः पाए टिकाउन साह्रो
१३ साउन (रासस) : हिलिहाङ गाउँपालिका–३ गोपेटारको प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी भएका चिकित्सक अध्ययन बिदामा गएको दुई वर्ष नाघ्यो । दरबन्दीका चिकित्सक अध्ययन बिदामा गएपछि दुई वर्षसम्म न त उनी फर्के न अर्को चिकित्सक उक्त दरबन्दी खटाइए । चिकित्सकविहीन अवस्थामै प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्थायी कोभिड–१९ अस्पताल बनाइयो । कोरोना भाइरस सङ्क्रमणको पहिलो लहरको […]
लाइन काटेर बक्यौता असुल
१३ साउन (रासस) : नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता असुल गरेको छ । गत आवभित्रमा ४६४ त्यस्ता ग्राहकबाट रु ३५ लाख बक्यौता उठाइएको केन्द्रले जनाएको छ । महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काट्ने गरिएको र महसुल बुझाएमा पुनः लाइन दिने गरिएको केन्द्र प्रमुख शिवनारायण गोशलीले […]
बाल विवाह अन्त्यका लागि रणनीति स्वीकृत
१२ साउन (रासस) : लुम्बिनी प्रदेश सरकारले बाल विवाह अन्त्यका लागि प्रदेशको रणनीति स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षा तथा सामाजिक विकास मन्त्रालयको प्रस्तावमा रणनीति अनुमोदन गरेको हो । प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले कानूनले बीस वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बाल विवाह मानी निषेध गरेका कारण यसको अन्त्यका लागि रणनीति […]
केबुलकार सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक
१२ साउन (रासस) : कालीकोटको नरहरिनाथ गाउँपालिका– १ को कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म जोड्ने केबुलकारको सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कालीकोटका नौ वटै स्थानीय तहका प्रतिनिधि, कर्णाली प्रदेश योजना आयोग र कर्णाली प्रदेशका मन्त्रीका बीच सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । कर्णाली प्रदेश सरकारले […]
५६ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ पु¥याइने
१२ साउन (रासस) : खेतीयोग्य जमीनमा सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालनमा आएको बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले आफ्नो कामलाई तीव्र पारेको छ । आयोजना प्रमुख राजु आचार्यले अहिले सिँचाइका पूर्वाधार निर्माणलाई अघि बढाएकोे जानकारी दिनुभयो । “यो कार्यालयको उद्देश्य भनेको ५६ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ पु¥याउने हो, सोही अनुरुप हामीले काम गर्न थालेका […]
चामेको मोटरएबल पुलमा हालसम्म समस्या रहेकोे छैन – सशस्त्र प्रहरी काठ र मुडा हटाउने तयारीमा
चामेको मोटरेवल पुलमा हालसम्म समस्या रहेकोे छैन । पुलमा बाढीले ल्याएको बालुवा, ढुङ्गा र काठले पानी जाने बाटो थुनेर बस्तीतर्फ जाँदा त्यहाँस्थित विद्यालयमा भने क्षति पुगिरहेको छ । “हिजो झुलुङ्गे पुलको चामे तर्फको नट खोलेर सम्वावित क्षति कम गर्न जुटेको ससस्त्र प्रहरी बल, अब चामेको मोटरेवल बचाउन काठ, मुडा आदी निकाल्ने तयारीमा लागेको छ” […]