१५ भदौ (रासस) : भगवान् श्री राधाकृष्णको खटयात्रा आज विराटनगरमा भव्यताका साथ निकालिएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने भगवान् श्री राधाकृष्णको खटयात्राका क्रममा गाडीलाई विशेष सजावट गरी आज नगरपरिक्रमा गराएको छ । श्रीराधाकृष्ण रथयात्रा समारोह समितिले विशेष पूजापाठ गरी विराटनगर–१ पानीट्याङ्कीस्थित राधाकृष्ण मन्दिर परिसरबाट खटयात्रा निकालिएको हो । पानीट्याङकीबाट सुरु […]
काँकडभिट्टाबाट प्रवेश खुल्ला
१४ भदौ (रासस) : चार महिनापछि पूर्वी नाका काँकडभिट्टामा भारतीय नागरिकको आवतजावत खुकुलो बनाइएको छ । आजदेखि भारतीय नागरिकलाई खोप कार्ड वा पीसीआर नेगेटिभ रिपोर्टका आधारमा नेपाल प्रवेश गर्न अनुमति दिइएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आवश्यकता र औचित्यका आधारमा आजदेखि कोरोना विरुद्धको खोप लगाएको कार्ड र पीसीआर नेगेटिभ रिपोर्ट भएका […]
‘बिजुली छैन भोलि आउनु’
विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था नहुँदा जिल्ला प्रशासन कार्यालय, म्याग्दीको सेवा प्रभावित हुन थालेको छ । जिप्रकामा जडान भएको इन्भटर, ब्याट्री र सोलार सेटले काम गर्न छाडेपछि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति नभएका अवस्थामा सेवा पनि बन्द हुन थालेको हो । विद्युतीय उपकरणको प्रयोग र इन्टरनेटको सहायताले गरिने सबै काम ठप्प हुने गरेको सहायक प्रमुख जिल्ला […]
मदनभण्डारी राजमार्ग निर्माण सुरु
१२ भदौ (रासस) : मदन भण्डारी राजमार्गको धरान–झापा खण्ड निर्माण गर्न थालिएकोे छ । पूर्वी प्रस्थान बिन्दु मेचीनगरबाट अहिले निर्माण सुरु गरिएकामा वर्षा सकिएलगत्तै काम अघि बढाइने भएको छ ।राजमार्ग आयोजनाका प्रमुख श्यामकुमार यादवका अनुसार यो सडक तीन खण्डमा निर्माणका लागि ठेक्का सम्झौता भइसकेको र बाँकी खण्डकका लागि विस्तृत परियोजना प्रतिवेदन आएपछि टेण्डर आह्वान गरिने […]
बिरामीलाई स्ट्रेचरमा बोकेर गन्तव्यतर्फ लगिँदै(फोटो फिचर)
११ भदौ (रासस): सडक अवरुद्धका कारण एम्बुलेन्स नचलेपछि पानीझरीमा प्लाष्टिक ओढाएर खोटाङको दिक्तेल बजारबाट बिरामीलाई स्टे«चरमा बोकेर गन्तव्यतर्फ लैजाँदै बिरामीका आफन्त । हप्तादिनदेखि लगातार परिरहेको वर्षाका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध हुँदा एम्बुलेन्ससमेत चल्न सकेको छैन । तस्वीर : केदार मगर÷रासस
सेती नदी जलविद्युत् आयोजना
कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको बाँधस्थलमा निर्माण भइरहेको एप्रोच क्यानल र सेटलिङ बेसिन (पानी थिग्राउने पोखरी) । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडबाट प्रवद्धित सो आयोजना रु पाँच अर्ब लगानीमा बन्दै छ । तस्वीर ःकृष्ण दवाडी÷रासस
रसुवाको राजमार्ग सञ्चालन
८ भदौ (रासस) : पहिराका कारण सोमबारदेखि अवरूद्व यहाँको पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा आएको छ ।धुञ्चे–ठूलोभार्खुको बीच खोपाङ पाखामा खसेको पहिरो हटाइएपछि सोमबारदेखि रोकिएका दर्जनौँ सवारी साधन गन्तव्यतर्फ लागेका छन् । राजमार्ग खुलाउन आज बिहानैदेखि तीन डोजर परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिनुभयो । नेपाल चीनबीच व्यापारको एक मात्र राजमार्ग सोमबार […]
फोहर व्यवस्थापन नहुँदा वाग्मती प्रदूषित बन्दै
८ भदौ (रासस) : प्रदेश २ कै धार्मिक तथा पर्यटकीयस्थल नूनथर प्रदूषित बन्दै गएकोे छ । रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित उक्त स्थललाई नूनथर क्षेत्र विकास समितिले नै संरक्षण, प्रवद्र्धन र सञ्चालनमा चासो नदिँदा दिनदिनै यहाँ उत्सर्जित फोहरले प्रदूषण बढाएको हो । घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक, तीर्थालु, पिकनिक मनाउनेहरूले फालेका र होटलबाट निस्कने […]
इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो
पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो गएको छ । गए राति ९ बजे गएको पहिरामा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ भने मानवीय क्षति भने नभएको स्थानीयवासी राजन भुजेलले जानकारी दिनुभयो । अहिले पनि पहिरो निरन्तर खसिरहेकाले जोखिम रहेको जलविद्युत् आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी […]
मध्य भोटेकोशी नौ वर्षमा ६५ प्रतिशत मात्र
३ भदौ (रासस) : सिन्धुपाल्चोकमा निर्माणधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको नौ वर्षमा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ मा सुरु गरी २०१६ मा सम्पन्न गरिनुपर्नेमा अझै एकवर्ष लाग्ने आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले जानकारी दिनुभयो । छ वर्ष अघिको भूकम्प, भारतीय नाकाबन्दी, भोटेकोशीमा बारम्बार आएको […]