मनाङ जिल्ला, चामे गाउँपालिका वडा नं.४ स्थित स्यालकुखोलामा अस्थायी काठेपुल निर्माण भएको छ । नेपालि सेनाको रणदल गुल्मबाट खटिएको टोलीले नेपाल प्रहरी र स्थानिय बासिन्दाहरुसँगको सहकार्यमा उक्त खोलाबाट नयाँबजार कोतो तर्फ आवत जावत गर्ने २ वटा अस्थायी काठेपुल निर्माण गरेको छ ।
सडक सम्पर्कबाट विच्छेद मनाङमा राहत र उद्दार सङ्सगै
असारको पहिलो दिननै मनाङमा बाढीले वितण्डा मच्चायो। वर्षासँगै आएको बाढीका कारण मनाङ सडक सम्पर्कबाट विच्छेद भएको छ। मुख्य सडक लम्जुङको बेसिशहर-चामे-थाङसार सडकखण्ड ७० प्रतिशत ‘कोल्याप्स’ भएको छ। हिजो विभिन्न खाध्ध सामाग्री सहित विघटित प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङ मनाङको ताल, थोँचे, धारापानि र ओडार गाउँमा पुग्नु भएको थियो भने आज तिमाङमा राहत लिएर पुग्नु […]
मनाङको लेक तथा वस्तीमा अलपत्र परेका १७४ जनाको हेलिकोप्टरमार्फत उद्दार
मनाङको लेक तथा वस्तीमा अलपत्र परेका १७४ जनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । शुक्रबार १३९ जना र बिहीबाटर ३५ जनाको उद्दार गरिएको हो । विघटित प्रतिनिधिसभा सदस्य माननिय पोल्देन छोपाङ गुरुङको पहलमा मनाङको सबैभन्दा विकट नार्पाभूमि गाउँपालिकाको फू गाउँको लेकबाट समेत हाई अल्टिटिउड हेलिकोप्टरको प्रयोग गरि उद्दार गरिएको हो। बाढिको खबर आउने वित्तिकै […]
मनमाेहक मनाङ : फोटो फिचर
प्रकृतिको काँखमा अवस्थित मनाङ प्राकृतिक रुपमा निकै मनमोहक छ । सेतामै हिमाली लहर देखि कलकल बगिरहने झरनाले साँचै मनाङ स्वर्गको एक टुक्रा जस्तै लाग्छ ।
मनाङमा विधुत जडानकाे लागि त्याे अथाह प्रयास
विकास निर्माण देखि प्रविधी सम्ममा विश्वले निकै फड्को मारिसकेको छ । छन् नेटवोर्क तर्फ विश्व अनि हाम्रो देशले समेत गृहकार्य गर्न थालिसकेको छ । तर, हाम्रै देशको केही जनताहरुको लागि घर घरमा विजुली पुग्नु र बत्ति बल्नु सपना जस्तै छ । पटक पटक भौगोलिक अवस्थालाई नै दोषारोपण लगाइँदै नेपाल विद्युत प्राधिकरणले हिमाली जिल्ला […]
पाचोक गाउँमा पुग्यो बिजुली
दोर्दी गाउँपालिका–५ पाचोक गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । टुकी तथा सोलारको भरमा जीवनयापन गर्दै आएका सो वडामा सिम्ररुङ, फुम्चे र कैचे गाउँमा नेपाल विद्युत् प्राधिकरणले आज पहिलो पटक बिजुली पु¥याएको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले कन्द्रीय प्रसारण लाइनको शुभारम्भ गर्दै प्रदेशका सबै नागरिकको घरमा बिजुली पु¥याउँने जानकारी […]
महिला एक्लै हिमाल चढ्न सक्छन् र भन्नेहरूलाई गतिलो जवाफ
–जमुनावर्षा शर्मा/पोखरा(रासस) ‘मानिसको जीवनमा धेरै रहर हुने गर्छन्, कुनै पूरा हुन्छन् कुनै हुँदैनन्। मलाइ पनि हिउँसँगको चुचुरोमा पुग्ने रहर निकै थियो पूरा भयो’ माघको ३ गते धम्पुस पिक (६०१२ मिटर) आरोहण गर्न सफल ४३ वर्षीय हीराकुमारी मल्ल एउटा सपना पूरा भएको अनुभव सुनाउँदै भन्नुभयो। “म सन् २००७ बाट ट्रेकिङ गाइडका रूपमा काम गर्दै आएकी छु, […]