दिगो समाजद्वारा वडालाई एम्बुलेन्स हस्तान्तरण

२ भदौ (रासस) :  व्यास नगरपालिका–९ स्थित राजापानी कलेस्ती दिगो समाजको सक्रियतामा खरिद गरी वडा कार्यालयलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । समाजद्वारा आज आयोजित कार्यक्रममा समाजका अध्यक्ष भक्तबहादुर गोदार क्षेत्रीले व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेमार्फत वडा कार्यालयलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।   सो अवसरमा नगरप्रमुख न्यौपानेले सेवामूलक कार्य सञ्चालन गर्न लाग्नुभएकामा स्थानीयवासीलाई धन्यवाद व्यक्त गर्नुभयो […]