चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका केरुङ रसुवागढी नाका आजबाट दुईतर्फी सुचारु भएको छ । कोभिड–१९ संक्रमण अघिदेखि नै नेपालबाट चीनतर्फ नेपाली वस्तुको निर्यात ठप्प रहेकोमा आजबाट पुनः निर्यात सुरु भएको हो । आज नेपाली सामान भरिएका ६ कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएका छन्। तीन वर्षदेखि रसुवागढी नाकाबाट आयात मात्र हुँदै आएकोमा अब निर्यात पनि […]
वर्षौ देखी ठप्प गोरखाका उत्तरी नाका; आश्वसनको पोको मात्र आयो, नाका भने खुलेन
कोरोना महामारी सुरु भएयता गोरखामा पर्ने चुमनुव्री–१ सामागाउँको रुइला र वडा ७ को छेकम्पारको ङुइला नाका चीनले बन्द गर्यो । २०७९ कार्तिक २७ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले निर्वाचनपछि बन्ने सरकारले लामो समयदेखि बन्द रहेको तिब्बतसँग जोडिएको गोरखाको नाका खुलाउन पहल गर्ने बताएका थिए। उत्तरी गोरखाको छेकम्पार, सामागाउँ र सिर्दिवास पुगेर उनले तिब्बतसँग […]
कालापानी र लिपुलेकमा सडक बन्दा किन चुप छ गठबन्धन सरकार ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानसरोवर यात्रा सहज बनाउन कालापानी क्षेत्रको लिपुलेकसम्म भारत सरकारले सडक बनाएको सार्वजनिक रुपमै स्वीकार गरेका छन् । उक्त भूमि नेपालमा पर्दछ भने सो भूमिसहितको नक्सा संघीय संसदबाट पारित भई संविधानको अनुसूचीमा समेत सामेल भइसकेको छ । भारतीय प्रधानमन्त्री मोदीले त्याहाँ अहिले थप सडक विस्तारको काम भइरहेको भनाइ सार्वजनिक भएको दुई साता […]
काँकडभिट्टाबाट प्रवेश खुल्ला
१४ भदौ (रासस) : चार महिनापछि पूर्वी नाका काँकडभिट्टामा भारतीय नागरिकको आवतजावत खुकुलो बनाइएको छ । आजदेखि भारतीय नागरिकलाई खोप कार्ड वा पीसीआर नेगेटिभ रिपोर्टका आधारमा नेपाल प्रवेश गर्न अनुमति दिइएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आवश्यकता र औचित्यका आधारमा आजदेखि कोरोना विरुद्धको खोप लगाएको कार्ड र पीसीआर नेगेटिभ रिपोर्ट भएका […]