सरकारहरूको असहयोगको पीडा भोग्दै लहानको प्रादेशिक अस्पताल

    सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालले आफ्नो नाममा जग्गा नआउँदा समस्या भोगिरहेको छ।  अस्पताल सञ्चालनका लागि करिब ५० वर्षअघि दाताबाट प्राप्त गरेको एक बिघा १५ कट्ठा जग्गा अझैसम्म अस्पतालको नाममा रजिस्ट्रेसन  नहुँदा सङ्घीय र प्रदेश सरकारबाट आउने बजेट फिर्ता हुन थालेको छ।   अस्पतालका प्रमुख डा रञ्जितकुमार झाका अनुसार मुरारका र सारडा […]

छिरिङ ढोका गुरूङको स्याउ जस्तै मुस्कान

  खाली जमिनमा मेहनत गरे के हुँदैन भन्ने दरिलो उदाहरण बन्नुभएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरूङ। उहाँहरूले अहिले जीवनभरको मेहनतको फल प्राप्त गरिरहनुुभएको छ।   गुरुङ दम्पत्तिलाई कुनैबेला बगरमा स्याउ लगाउँदा स्थानीय गाउँलेहरूले कुरा काटेर हैरान पार्दथे।  छिरिङ भन्नुहुन्छ “ तत्कालीन समय समय सम्झदा नमज्जा लागेपनि अहिले भने […]

ढोरपाटनमा वनफूलसँग पिरती

  यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ। राता, पहेँला, बैजनी, गुलावी रङ्गमा फुलेका फुलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिचेको छ। एक दशक अगाडिसम्म ढोरपाटन घुम्न पुग्ने पर्यटक निकै कम थिए। जनैपूर्णिमामा ढोरबहार मन्दिरमा पूजा गर्न आउने भक्तजनबाहेक अन्य पर्यटक कमै पुग्थे। दर्शनका लागि पुगेको भक्तजनलाई फाँटैभरी फूलेको वनफूलले […]

वनजङ्गलमा चोरी तस्करी रोक्न ‘ड्रोन’ को प्रयोग

  पछिल्लो समय रौतहटको वनजङ्गलको निगरानी गर्न ‘ड्रोन’को प्रयोग गर्न थालिएको छ। डिभिजन वन कार्यालय रौतहटअन्तर्गत जङ्गल सहिया सबडिभिवन वन कार्यालय जङ्गल सहियाले चोरी तस्करी नियन्त्रण गर्नका लागि हिजोआज ड्रोन प्रयोग गर्न थालेको हो।   विगत तीन महिनादेखि सो क्षेत्रको वनजङ्गलमा ड्रोनबाट नै निगरानी गरिँदै आएको छ। ड्रोनबाट वनजङ्गलको निगरानी गर्न थालेपछि काठ, दाउरा, नदीजन्य […]

पर्यटनले सशक्त बनेका महिला

  ‍जब प्रकृति, संस्कृति र आतिथ्यता एकै ठाउँमा भेटिन्छन्, त्यहाँ पुग्ने पर्यटकले पनि अलौकिक आनन्दको अनुभूति गर्छन्। कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक पनि यस्तै प्रकृति, संस्कृति र आतिथ्यताको संगम हो भन्दा फरक पर्दैन। यहाँको मौलिक संस्कृति र यहाँबाट देखिने हिमश्रृङ्खलाका सुन्दर दृश्यले पर्यटकलाई लोभ्याइरहेको छ।   पर्यटन राजधानी पोखराबाट करिब ६० किलोमिटरको दुरी र अन्नपूर्ण हिमालको […]

तटबन्धमा बेम्बोपाइलिङ र आरसीसी प्रकुपाइन प्रविधि

  नदी तटीय क्षेत्रका बस्ती जोगाउन बाँकेमा नयाँ प्रविधिको प्रयोग गरेर आपतकालीन तटबन्ध निर्माण गरिएको छ।   राप्ती नदीको बाढीबाट बस्ती जोगाउन “बेम्बोपाइलिङ र आरसीसी प्रकुपाइन” प्रविधिबाट आपतकालीन तटबन्ध निर्माण गरिएको हो। बेम्बोमा प्रकुपाइन जोडिएकाले ठूलो बढी आउँदा पनि त्यसले थेग्न सक्ने जनताको तटबन्ध कार्यक्रमका प्रमुख डा. नारायण सुवेदीले जानकारी दिनुभयो।   राप्ती नदी किनारामा […]

वनमारा फाडेर विद्यार्थीलाई खेतीसँग जोड्दै स्कुल

  म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरूले बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारीखेती गरी हराभरा बनाएका छन्। झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी फाडेर खनजोत गरी विद्यार्थीले तरकारीखेती गरेका हुन्। तरकारीखेती हुनुअघि उक्त जग्गामा वनमाराको झाडी थियो।   विद्यालयका शिक्षक गिरिप्रसाद छन्त्यालले विद्यार्थीहरूलाई तरकारी खेतीसम्बन्धी व्यवहारिक र व्यावसायिक […]

Dhan Paddy

आकाश हेरेर बसेका किसान

  समयमै वर्षा नहुँदा सुनसरीका किसानले राखेको धान ब्याडमै सुक्न थालेको छ।  असार बित्नै लाग्दासमेत पर्याप्त पानी नपर्दा र सिँचाइ सुविधा अभावले धान रोपाइँ हुन नसकेको हो।   आकाशे पानीको भरमा रहेका बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टापु चिलैया र गरैया क्षेत्रका किसानले रोपेको धानको रोपो नै सुक्न थालेको छ। स्थानीय कृषक सन्तोष चन्द्रवंशीले भन्नुभयो, “यो वर्ष […]

किन घट्यो घोडाघोडीमा हरिहाँसको सङ्ख्या?

  विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको  घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या घटेको छ।यस पटक गर्मीयामको गणनामा हरिहाँसको सङ्ख्या १२६ रहेको नेपाल पक्षी संरक्षण सङ्घका फिल्ड अधिकृत हिरुलाल डगौराले जानकारी दिनुभयो। अघिल्लो वर्षको तुलनामा यस वर्ष हरिहाँसको सङ्ख्या घटेको डगौराले बताउनुभयो। अघिल्लो वर्ष हरिहाँसको सङ्ख्या २२५ रहेको थियो।   डिभिजन वन कार्यालय पहलमानपुरको समन्वयमा नेपाल पक्षी संरक्षण […]

विदेश त्यागेर गोलभेँडा खेतीमा रमेका कमल

  आजभोलि प्रायःजसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायीत हुन्छन्। तर पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल तिम्सिना विदेश जाने सपना त्यागेर गाउँमै गोलभेँडा फलाइरहनुभएको छ। गोलभेँडा उत्पादनबाट तिम्सिनाको परिवारले मनग्य आम्दानी पनि गर्दै आएको छ।   तिम्सिनाको दैनिकी आजभोलि सदाभन्दा केही फरक छ। बारीमा लटरम्म पाकेका गोलभेँडा टिपेर बाटोसम्म पुर्याउन उहाँको परिवारलाई भ्याइनभ्याइ छ। बीस […]