मुस्ताङमा कालीगण्डकी नदीको नदीजन्य प्राकृतिक स्रोत ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन, सङ्कलन, बिक्री–वितरण तथा ओसार–पसार गरेबापतको उपयोग कर कसले उठाउने भन्ने विवाद अहिले समाधान भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका संरक्षण व्यवस्थापन समितिले नदीजन्य प्राकृतिक स्रोत उत्खनन गरेबापत उपयोग दस्तुर उठाउन थालेको हो। एक्यापले आन्तरिक प्रयोजनका लागि सम्बन्धित संरक्षण व्यवस्थापन समिति […]
मेडिकल इथिक्स नछोड्नु: पूर्व राष्ट्रपति डा यादव
पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूले चिकित्सा नैतिकता (मेडिकल इथिक्स) छोड्न नहुने बताउनुभएको छ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा असार ११ गते आयोजित ‘एक्युट अङ्कोलोजी सर्भिस’ शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उहाँले पैसा–पैसा भन्ने डाक्टरले चिकित्सा नैतिकता पालना नगर्ने बताउनुभयो। राम्रो उपचार गर्ने डाक्टर नर्सको ‘एम्बेसडर’ बिरामी बन्ने बताउँदै उहाँले भन्नुभयो, […]
हात्ती जोगाउन नयाँ सरकारी योजनाको तयारी
वन तथा वातावरण मन्त्रालयले पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्ने भएको छ। त्यसका लागि साझा धारणा बनाउन मन्त्रालयले असार ११ गते सम्बन्धित विकास साझेदार संस्थासँग अन्तरक्रिया गरी सुझाव सङ्कलन गरेको छ। साझेदार संस्थाको सहयोग र समन्वयमा आधुनिक प्रविधिका साथ स्थानीय सहभागितामा परियोजना बनाई तत्काल कार्यान्वयन गरिनेछ। […]
आधुनिक हुलाक निर्माणका लागि नीति निर्माण अन्तिम चरणमा
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवालाई विश्वसनीय, भरपर्दो र द्रुत बनाउन सके राजस्व बढाउन सकिने धारणा व्यक्त गर्नुभएको छ। हुलाक सेवा विभागले असार ११ गते काठमाडौँमा आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षासम्बन्धी अन्तरक्रियामा मन्त्री गुरुङले आधुनिक र स्मार्ट हुलाक बनाउन नयाँ ऐनको आवश्यकता औँल्याउनुभयो। “हुलाकलाई आधुनिक बनाउन मन्त्रालयले सक्रियताका […]
तपाईँको प्रतिक्षामा, १,००० वर्षभन्दा पुरानो गुरुङ गाउँ
लमजुङको मस्याङ्दी गाउँपालिका–१ स्थित घनपोखराका प्रकृति र संस्कृति सम्पदालाई पदयात्रा पर्यटनसँग जोड्न थालिएको छ। गाउँबाट आँखै अगाडि देखिने लमजुङ हिमालसहित अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बौद्ध, गणेशलगायत हिमशृङ्खलाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने भएकाले यहाँका प्रकृृति र संस्कृति सम्पदालाई पदयात्रा पर्यटनसँग जोड्न थालिएको हो। लमजुङको सबैभन्दा उचाइमा मानवबस्ती रहेको मानिने यो गाउँ समुद्री सतहबाट दुई […]
कहाँ अपिल गर्ने वडा र पालिकाका निर्णय उपर ?
राष्ट्रियसभा, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले वडा र पालिका कार्यालयको निर्णय उपर अपिल गर्ने निकायको आवश्यकतामा जोड दिएको छ। समितिले भरतपुर महानगरपालिका र विभिन्न पालिकाका वडाबाट भएको सेवाप्रवाहका सन्दर्भमा गरेको अनुगमनमा सेवाग्राहीबाट प्राप्त गुनासाका आधारमा समिति उक्त निष्कर्षमा पुगेको हो। समितिको असार ११ को बैठकमा सदस्य शेखरकुमार सिंहले जिल्ला समन्वय समिति चलायमान […]
नाच्न थाले कैलालीका नदीमा डल्फिन
पछिल्लो समय वर्षा भएसँगै कैलालीका नदीमा पानीको सतह बढ्न थालेपछि डल्फिन देखिन थालेका छन्। कैलाली जिल्लाको टीकापुर र भजनी नगरपालिकाको नदी तटीय क्षेत्रमा डल्फिन देखिन थालेका हुन्। डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले डल्फिन संरक्षण केन्द्र आसपासका क्षेत्रमा एउटा बच्चासहित चार वटा डल्फिन देखिएका जानकारी दिनुभयो। “मनसुन लागेपछि नदीहरूमा पानीको सतह बढिरहेको छ। नदीमा जलस्तर बढेपछि […]
दिगो विकास लक्ष्यका लागि नेपालसँग छैन पैसा
लगानी जुटाउनै सकस राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले विकासशील र विकासोन्मुख मुलुकहरूका लागि वित्तीय लगानीका नयाँ स्रोत पहिचान तथा तिनको उपयोग गर्न अति आवश्यक भइसकेको बताउनुभएको छ। विकासका लागि वित्त विषयक चौथो अन्तरराष्ट्रिय सम्मेलनको सन्दर्भमा असार १० गते काठमाडौँमा आयोजित राष्ट्रिय परामर्श कार्यक्रममा अधिकारीले विकासशील तथा विकासोन्मुख मुलुकहरूका लागि सार्वजनिक […]
सबै पालिका समेटेर जलवायु सम्मेलन गर्दै मुस्ताङको घरपझोङ
मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘वातावरण र जलवायु’ सम्मेलन आयोजना गर्ने भएको छ। पछिल्लो समय विश्वमा चिन्ताको विषय बनेको जलवायु परितर्वनलाई विश्व समुदायमाझ ध्यानार्कषण गराउने उद्देश्यसहित घरपझोङ गाउँपालिकाले ७५३ वटै पालिका प्रमुखको सहभागितामा वातावरण र जलवायु सम्मेलन आयोजना गर्ने घोषणा गरेको हो। असार १० गते को गाउँसभा बैठकमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा […]
लालीबजारमा स्वस्तिमा
“जात्रा” शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आर्ट्सले निर्माण गर्ने नयाँ चलचित्र “लालीबजार” मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित हुनुभएको छ। निर्माण पक्षले आज एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री खड्काको सो चलचित्रमा अभिनय रहने बताएको छ। अभिनेत्री खड्काले आफू देखिएको पात्रभन्दा भिन्न रहेकाले चलचित्रमा अभिनय गर्न लागेको बताउनुभयो। उहाँले भन्नुभयो, “अघिल्ला चलचित्रको तुलनामा यसपटक फरक स्वस्तिमा […]