Tilicho News

पोखरा कस्तो बनाउने ? यस्तो छ कांग्रेस कास्कीको अवधारणा

  पोखरा । सुन्दर र पर्यटकीय नगरीका रुपमा परिचित छ पोखरा । प्राकृतिक मनोरम ताल अनि नजिकै देखिने हिमालदेखि अचम्म लाग्दो सेतीको खोंच । पाताल छाँगो, गुप्तेश्वर, चमेरे र महेन्द्र गुफा अनि विविध जातजातीको टम्म मिलेको बस्ती । यी र यस्तै विशेषताले चिनाएको छ पोखरालाई । यति राम्रो पोखरामा बस्ती विकास र निर्माणबीचको तालमेल नमिल्ला […]

गण्डकीका ४ जिल्ला पूर्णखोप सुनिश्चित

पोखरा । गण्डकी प्रदेशका तनहुँ, बागलुङ, म्याग्दी र मनाङलाई पूर्णखोप सुनिश्चितता भएका जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि चार वटै जिल्लालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिएको हो । प्रदेशका बाँकी ७ जिल्ला पनि घोषणको अभियानमा छन् । आगामी असारभित्रमा ती जिल्ला पनि पूर्णखोप सुनिश्चित जिल्लाका रूपमा घोषणा […]

ब्याकयार्ड अल्ट्रा उपाधि विजयलाई

पोखरा । दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपाल प्रतियोगिताको उपाधि धादिङका विजय रानामगरले जितेका छन् । रानामगरले ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने सन् २०२७ मा अमेरिकामा हुने ब्याकयार्ड अल्ट्रा दौडमा सहभागिता जनाउनेछन् । विजेता रानामगरले २५ लूप अर्थात् २५ घण्टामा १६७.५५ किलोमिटर दौड पूरा गरेका थिए । शनिबार बिहान ८ […]

राष्ट्रियभन्दा गण्डकीको आर्थिक वृद्धि धेरै, प्रतिव्यक्ति आय १६२० डलर पुग्ने प्रक्षेपण

पोखरा । चालु आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशको आर्थिक वृद्धिदरले राष्ट्रिय औसतलाई उछिनेर तीव्र गतिमा विस्तार हुने देखिएको छ । प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले राष्ट्रिय अर्थतन्त्र ३.९९ प्रतिशतले विस्तार हुने अनुमान हुँदा गण्डकी प्रदेशको अर्थतन्त्र भने आधारभूत मूल्यमा ४.८८ प्रतिशतले बढ्ने आधार प्रस्तुत गरेको हो । यो सकारात्मक […]

८ पटक चुनाव लडे, मुख्यमन्त्रीपछि केन्द्रतिर फर्किए – पृथ्वीसुब्बा गुरुङ

 काठामाडौं । नेपालको संसदीय राजनीतिमा सम्भवतः सबैभन्दा बढी निर्वाचनमा उम्मेदवार बनेका राजनीतिज्ञ हुन् पृथ्वीसुब्बा (पीएस) गुरुङ । उनी २०४३ सालदेखिका सबै निर्वाचनमा उम्मेदवार बनेका छन् ।   ०४३ मा लमजुङ क्षेत्र २ बाट जनपक्षीय उम्मेदवार बनेका उनी ०४८ मा मालेका तर्फबाट उम्मेदवार बनेर पराजित भएका थिए । २०५१ र ०५६ सालमा पनि पिएस सोही क्षेत्रबाट उम्मेदवार […]

जलवायु परिवर्तनका कारण आउन सक्ने बाढी नयाँ चुनौती

म्याग्दी (बेनी), फागुन १९ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा बर्सात भई नदीनालामा आउन सक्ने बाढीको सम्भावना नयाँ चुनौतीका रूपमा देखिएको बताउनुभएको छ । यस्ता घटनाले हिमाली खोलाका किनारमा रहेका बजारहरूलाई भविष्यमा थप जोखिमयुक्त बनाउने सम्भावना रहेको बताउँदै उहाँले विपत् न्यूनीकरणका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।     सशस्त्र […]

मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने मागसहित अनेरास्ववियुको मसाल जुलुस

काठमाडौं : नेकपा एमाले निकट अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने मागसहित मसाल जुलुस प्रदर्शन गरेको छ। बालकुमारी घटनाका मुख्य दोषी मन्त्री ज्वाला रहेको भन्दै विद्यार्थी नेताहरूले त्रिचन्द्र कलेजमा मसाल जुलुस प्रदर्शन गरेको हो। उनीहरूले नेपाली युवाको ज्यान लिने मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने भन्दै नारा लगाएका थिए। मसाल जुलुस निकाल्ने क्रममा प्रहरी […]

अवधि सकिए पनि जेलमै बस्न बाध्य छन् साउदीमा नेपाली

काठमाडौं । साउदी अरबमा विभिन्न कारणले जेल सजायको अवधि सकिसक्दा पनि जेलमै धेरै नेपाली बस्ने गरेका पाइएको छ । साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदी र त्यहाँका महान्यायाधिवक्ता साउद बिन अब्दुल्लाह बिन मुबारक अल मुजबसँगको भेटमा साउदी अरबमा नेपाली श्रमिकले भोग्नुपरेका विभिन्न समस्या महान्यायाधिवक्तालाई जानकारी गराइएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।   साउदी […]

धरहरा निर्माण कछुवा गतिमा, भौतिक प्रगति ९२ प्रतिशत

काठमाडौँ । काठमाडौँको सुन्धारास्थित धरहरा उद्घाटन भएपछि छ पटक निर्माणको म्याद सकियो तर अझै पनि निर्माण पूरा भएको छैन । २०७२ वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त बनेको धरहराको ठाउँमा नयाँ बनेको धरहरा निर्माण पूरा नहुँदै २०७८ वैशाख ११ गते उद्घाटन भएको थियो । भौतिक प्रगति २५ प्रतिशत मात्र रहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका […]

मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस

हिमाली जिल्ला मनाङको तापक्रम दैनिक रूपमा घट्दै गएको छ। माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ। दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ। हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ। प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम घट्दै गएको हो। हिमपात कम भए पनि यहाँको तापक्रम मापन […]