ढानीलकण्ठको एउटा घर, त्यही घरमा भाडाको सानो कोठा, कोठाको एक कुनामा भान्छा भने अर्को कुनामा पलाङ्ग , पलाङ्गसँगै दराज र दराज माथिको झ्यालमा डेड बर्ष अगाडी बितेको श्रीमतीसँगको तस्बिरहरू ।
यी कोठा भदौ २३ गते सुरु भएको जेन जी आन्दोलन र २४ गते गोली लागि भर्खर तगृदै गरेको कुस्मा पर्वतको ३१ वर्षीय अनिल परियारको हो ।
सिलाईकटाई पेसामा प्राय व्यस्त रहने अनिललाई भदौ २३ गरेको जेन जी आन्दोलन किन भयो के कारणले भयो, को हुन् र के हो जेन जी त्यसको विषयमा केही जानकार थिएन, त्यो आन्दोलनमा प्रहरीको गोली लागि मृत्यु भएका साना विद्यार्थी भाईहरुको माया र त्यो क्रूरताबाट रिस उठेर आएपछि २४ गरेको आन्दोलनमा सहभागी हुने निर्णय गरे ।
आफुसँग टाढा टाढा आन्दोलन जान सवारी साधन नभएपछि नजिकैको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरतिर अगाडी बढेको एक समूहमा उनी पनि सहभागी भए, आन्दोलनकै क्रममा गोली चल्यो । गोली अनिलको देब्रे कोखा हुँदै पछाडी बाट बाहिर निस्क्यो उनी अचेत अवस्थामा पुगे ।
डेड वर्ष अगाडी श्रीमती गुमाएका अनिलले दुःख, सुख, मजदूरी गरी कोठा भाडा र आफ्नो एक मात्र सन्तान नौ वर्षीय छोरालाई शिक्षादिक्षाका दिई हुर्काउँदै आएका थिए । अहिले आफू नै यस्तो अवस्थामा पुगे पछि दैनिक घर चलाउन समेत उनलाई गार्हो भएको छ ।
२४ गते करिब ६ बजेतिर गोली लागेको उनलाई, होसमा आउँदा शिक्षण अस्पताल महरागन्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टको आई. सी.यु मा थिए । २५ गते बिहान करिब ३ बजे तिर होसमा आएका उनको मृत्यु भई सकेको खबर भने पहिले नै फैलिसकेको रहेछ ।
भाउजु संगिता परियार लगायत आफन्त अस्पताल पुग्दा अस्पताल कर्मचारीले तपाईँको मान्छे हिजो साँझ अपरेसन गर्दा नै विती सकेको खबर सुन्न परेको र शव बुझ्न १० बजे पछि आउन जानकारी समेत दिएको संगीताले सुनाइन् । निराश हुँदै घर फर्केका उनीहरूलाई २५ गते बिहान ८:३० बजे तिर अस्पतालको एक नर्ससँग फोल मागेर अनिल आफैले नै फोन गरे र आफुलाई भर्खर आई,सी,यु बाट वार्डमा सारेको र अहिले अवस्था ठीक भएको जानकारी दिए ।
चार दिने अस्पताल बसाई पछि उनी भदौ २९ गते डिस्चार्ज भए ।
गोलीले मुटुमा समेत असर गरेपछि ओपन हर्ट सर्जरी गरी आई, सी, यु मा रहेका उनी हस्पिटल ल्याउन केही समय ढिला गरेको भए आज यो अवस्था नआउन पनि सक्थ्यो डाक्टर अनिल भट्टराईले बताए ।
‘ हामीका ल्याउँदा अवस्था निकै क्रिटिकल थियो, गोलीका छर्राले मुटुमा समेत असर गरेकोले ढिला गरेको भए भाईको मृत्यु समेत हुन सक्थ्यो ‘ डा. भट्टराईले बताए ।
भाउजु संगिता परियारको हेरचाहमा अहिले भने अनिलको स्वास्थ्य सुधार हुँदै आएको छ, तर गोलीका छर्रा शरीरमा अझै बाँकी छ जुन आजीवन रहने छ । काम गरेर जीविकोपार्जन गर्ने उनलाई अहिले कसरी घर चलाउने छोराको पढाई पालनपोषण कसरी गर्ने भन्ने ठूलो चिन्ता परेको छ ।
नेपाल अहिले अन्तरिम सरकारले आफ्नो काम कारबाही अगाडी बढाएको छ । जेन जी आन्दोलनको निष्पक्ष छानबिनका लागि आयोग समेत गठन गरी सकेको अवस्था पनि छ, आन्दोलनका क्रममा ज्यान गुमाउने लाई सहिद घोषणा गर्ने देखि आर्थिक साहेत उपलब्ध गराउने सरकारले निर्णय समेत गरी सकेको अवस्था छ ।
तर सोही आन्दोलनमा अनिल परियार जस्तै गोली खाएका, घाइते भएकाहरुको लागि सरकारले केही ठोस निर्णय समेत गर्ने सकेको छैन । घाइतेहरुले उचित सहयोग र साहेता नपाएका कारण असोज ५ गते घाइतेहरुले सिंहदरबार परिसरमा धर्ना समेत दिएका थिए ।
आफू जेन जी पनि नभएको, आफू सरकार पक्ष पनि नभएको तर निर्दोष विद्यार्थीको गोली हानी गरिएको हत्या, देशमा भएको भ्रष्ट्राचार, जसका कारण नेपालीहरु विदेशिनु परेको अवस्थाले अनिललाई पनि पिरोलेको थियो, अब नयाँ नेपाल, परिवर्तन, र सहज तरिकाले देश मै बस्ने र काम गर्ने अवस्था आओस् उनी यही चाहन्छन् ।
Comments Box
