तारकेश्वरको खेलमैदानमा मृत भेटिइन् महिला



५ साउन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका ८ को पिपलडाँडा खेल मैदानको बारमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

 

 

ती महिलाको पहिचान खुल्न बाँकी रहेको वडाध्यक्ष श्यामकृष्ण सापकोटाले जानकारी दिए ।

 

प्रत्यक्षदर्शीका अनुसार मृतक महिलाले कालो कपडा, कालो झोला र कालो जुत्ता लगाएकी छन् ।

 

 

घटनास्थलमा प्रहरी र स्थानीय भेला भएका छन् । तर अहिलेसम्म कसैले पनि पहिचान गर्न नसकेको वडा सदस्य मोहन खत्रीले बताए ।

Comments Box