नेकपा एमालेको सचिवालय बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा करिब १० घण्टासम्म चल्यो। दिउँसो २ बजे सुरु भएको बैठक मध्यरातमा टुंगिएको हो।
मुख्य रूपमा विधान महाधिवेशनको तयारीबारे छलफल भए पनि, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किएको सन्दर्भले बैठकलाई थप चासोको विषय बनायो। बैठकको सुरुआतमै अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरूले भण्डारीको संभावित भूमिकाबारे गम्भीर छलफल गरेका थिए।
विश्वस्त स्रोतअनुसार, महाधिवेशन तयारी र भण्डारीको पुनरागमनबारेको लामो संवादले बैठक मध्यरातसम्म तानिएको हो।
Comments Box
