५४ अंकले बढ्यो नेप्से परिसूचक, १२ अर्ब बढीको कारोबार



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.०४ अकंले बढेर २३६४.६३ बिन्दुमा कायम भएको छ । बुधबार ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

 

 

बुधबार १३ वटै उपसूचकमा हरियाली आएको छ । जसमा बैंकिङ समूहको २.०८ प्रतिशत, विकास बैंक समूहको ४.०९ प्रतिशत, फाइनान्स समूहको ५.५० प्रतिशत, होटल तथा पर्यटन समूहको ५.५५ प्रतिशतले शेयर मूल्यमा सुधार देखिएको छ ।

 

 

आज ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने २०४ कम्पनीको शेयर मूल्य बढ्दा ३२ कम्पनीको मूल्य घटेको छ ।

 

 

सबैभन्दा धेरै सिंगटी हाइड्रोको शेयर कारोबार भएको छ । उक्त कम्पनीको २३ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २२ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनको २० करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Comments Box