प्रकाश पौडेलको अभियान सहारा 



केही दिनअघि सम्पन्न अनेरास्ववियु निर्वाचनमा झिनो मतले पराजित भएका उम्मेदवार प्रकाश पौडेलले एक भावनात्मक अपिल गर्दै ‘अभियान सहारा’ सुरु गरिएको घोषणा गरेका छन्।
पौडेलले  सामाजिक सञ्जालमार्फत अभियानको घोषणा गर्दै भने, “म एक स्वयंसेवकको नाताले सबै साथीहरूलाई हार्दिक आह्वान गर्दछु। वर्षाको समय नजिकिँदै छ। हरेक वर्षझैँ, यस वर्ष पनि हामीले विभिन्न प्राकृतिक विपत्तिहरू—जस्तै बाढी, पहिरो, डुबान र रोगहरूको सामना गर्नुपर्ने सम्भावना छ।”
उनले सबै युवाहरूलाई ‘अभियान सहारा’ मा सामेल हुन आग्रह गर्दै भने, “विपत्तिलाई मिलेर सामना गरौँ। एकले अर्काका लागि सहयोग गर्ने अभियानमा जुटौँ। एकता र सेवा नै हाम्रो बल हो।”
प्रकाशका अनुसार अभियानको सम्पूर्ण योजना चाडै सार्वजनिक गरिनेछ।

Comments Box