पोखरा ।
पोखरा विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको कार्यकारी निर्देशकमा सह–प्राडा दीपाञ्जल श्रेष्ठलाई नियुक्त गरिएको छ । विश्व विद्यालयको योजना तथा कार्यक्रम महाशाखाको प्रमुखमा सहप्राडा ई प्रकाशबहादुर अधिकारीलाई नियुक्त गरिएको उपप्रशासक झलक शर्माले जानकारी दिए ।
विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णय अनुसार विश्वविद्यालय पदाधिकारीको काम कर्तव्य र अधिकारसम्बन्धी नियमावली २०५५को नियम ३२ (३) बमोजिम दुबै जनालाई नियुक्त गरिएको हो । कार्यकारी निर्देशक श्रेष्ठ र योजना तथा कार्यक्रम महाशाखा प्रमुख अधिकारी विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका सह–प्राध्यापक हुन् । नवनियुक्त दुबै पदाधिकारीको कार्यकाल ४ वर्षको हुने विश्वविद्यालयले जनाएको छ । दुबैले पदभार ग्रहण गरेका छन् ।
Comments Box