पहिरोका कारण बेसीशहर मनाङ सडक अवरुद्ध, यात्रुहरूलाई सर्तक रहन आग्रह




असार ४, लमजुङ

बेसीशहर–मनाङ सडक खण्ड अन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्थित बुङझरना नजिकै आज बिहान पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

सडक माथिबाट अचानक खसेको पहिरोले सवारी आवागमन ठप्प बनाएको हो। घटनापछि तत्कालै प्रहरी टोली घटनास्थलमा खटिएको छ भने सडक खुलाउन सडक आयोजना तथा स्थानीय निकायसँग समन्वय गरेर काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

यात्राका लागि योजना बनाइरहनुभएका यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरी प्रशासनले अनुरोध गरेको छ। पहिरोको जोखिम कायमै रहेकोले सर्तकता अपनाउन समेत आग्रह गरिएको छ।

Comments Box