
२५ पुस, काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा लामिछानेसहित ६३ जनाविरुद्ध एक अर्ब ५१ करोड बिगो माग दावीसहित अभियोगपत्र दायर भएको थियो। अदालतले सूर्यदर्शन सहकारीको तीन करोड ३७ लाख र सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख बिगो दाबी गरेको छ।
काठमाडौं जिल्ला अदालतको अर्को मुद्दाका लागि उनलाई प्रहरी काठमाडौं लैजाने तयारी छ।

Comments Box