टिकटककाे प्रतिबन्ध हटाउन इन्टरनेट सेवाप्रदायकलाई दूरसञ्चार प्राधिकरणकाे निर्देशन



सामाजिक सञ्जाल टिकटकमा लगाइएकाे प्रतिबन्ध आधिकारिक रूपमा हटाइएकाे छ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाइएको रोक हटाउन सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवाप्रदायकहरूलाई निर्देशन जारी गरेको छ ।

६ भदाैमा बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेकाे थियाे । टिकटकले नेपालकाे कानुन मान्ने प्रतिबद्धता जनाएपछि सरकारले प्रतिबन्ध हटाएकाे हाे ।

सामाजिक मर्यादा उल्लंघन भएकाे भन्दै तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारले नेपालमा टिकटक प्रतिबन्ध गरेको थियाे ।

हेर्नुहोस् पत्र : 

Comments Box