गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला–स्थलगत निरीक्षण



नारायणगढ, १० साउनः

गौरवको आयोजनामा समेटिएको चितवनको भरतपुर महानगरपालिका–१५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बिहीबार संयुक्त?पमा स्थलगत निरीक्षण गरिएको छ । निरिक्षणमा महानगर प्रमुख रेनुदाहाललगायत महानगरका कर्मचारीह? प्राविधिक  र निर्माण कम्पनीका प्रतिनिधिह?को सहभागिता रहेको थियो ।  निर्माण कम्पनी र महानगरले संयुक्त?पमा स्थलगत निरीक्षण गरेपछि लगतै काम सु? गर्ने तयारी रहेको छ ।

भरतपुर महानगरपालिका र हिमालयन कालिन्चोक बिबिआर जेभिले आज संयुक्त ?पमा स्थलगत अनुगमनपछि निर्माण कम्पनीले एकसाता भित्र निर्माणको काम सु? गर्ने जनाएको हो ।

 

धुर्मुस सुन्तली फाउण्डेसनले रंगशाला निर्माणका लागि ल्याएर बाँकी रहेको सामानको लगत संकलनको काम आजबाटै सु? गरिएको छ । फाउण्डेसनले निर्माणका ल्यागि ल्याएको सामानको मुचुल्का तयार गरेर सके लगत्तै निर्माणका लागि काम थालिने निर्माण कम्पनीका विकास गौतमले जानकारी दिनुभयो ।

 

संयुक्त अनुगमन पछि महानगर प्रमुख दाहालले एक सातामा निर्माणको काम सु? गर्ने गरी ठेकेदार कम्पनीले कामलाई अघि वढाएको बताउनुभयो । पहिलो चरणमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गराउन मिल्ने गरी मैदान र स्टेडियम निर्माणको काम हुने उहाँले बताउनुभयो । तीन तहको सरकारको साझेदारीमा बन्न लागेको रंगशाला समयमानै निर्माण सम्पन्न गरी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताह? गराईने उहाँले बताउनुभयो ।

महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले निर्माणका क्रममा देखिएका समस्या सामुहिक ?पमा समाधान गर्दै जाने बताउनुभयो

रंगशाला निर्माणका लागि गत असार २३ गते महानगरपालिका र निर्माण कम्पनी बीच सम्झौता भएको थियो । महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार ? ७८ करोड ५० लाख ९१ हजार १८९ मा निर्माण सम्पन्न गर्ने गरी दुईपक्षीय सम्झौता भएको छ ।

 

Comments Box