मेयर बालेनलाई अध्यक्ष समीकको चेताबनी-जनता भुलाउन फेरी उत्तेजक स्टाटस नलेख्नुहोस

जनता भुलाउन फेरी उत्तेजक स्टाटस नलेख्नुहोस



काठमाडौं । अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको फेसबुक स्टाटसलाइ आलोचना गरेका छन् ।

आज बिहान बडालले आफ्नो फेसबुक स्टाटस मार्फत बालेनको नाम लिएर हरेक वर्ष २५ अर्ब बजेट भएको महानगरपालिकाले केही पनि काम गर्न सकेन भन्ने कुरालाई छोप्न र मान्छेको ध्यान अन्यत्रै मोड्न अरु केही उत्तेजक स्टाटस लेख्ने तयारी गर्नुस् भनेका छन ।

उनले भने – ‘ आफ्नो अकर्मण्यता छोप्ने यो तरिका अझै केही समय चल्न सक्छ। पोहोर तपाईंले कोट्याएर छोडेको धोबीखोला अहिले पनि त्यस्तै छ।
दुईजनाको बगेर ज्यान गयो। फेरि मान्छे डुब्न सक्छन्, केपी ओलीको विरोधमा अर्को स्टाटस लेखेर त्यो अपराध धुने तयारी गर्नुहोला ‘।

अध्यक्ष समिक बडालले थप लेखेका छन र्, स्टाटस पढेर तपाईंका उनमादी समर्थकहरूले महानगरभित्र डुबानको समस्याबाट मुक्ति पाइसके। फेसबुकबाट अर्को मुक्ति दिने तयारी गर्नुस् ।

Comments Box