बेंसीशहर नगरपालिकाद्वारा ५० युवालाई सवारी चालक तालिम



बेंसीशहर । युवाहरुहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले बेसीशहर नगरपालिकाले प्रदान गरेको एक महिने  ड्राईभिङ तालिम सम्पन्न भएको छ ।

बेंसीशहर नगरपालिकाले ५० जना युवालाई हलुका सवारी चालक तालिम प्रदान गरेको हो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गुमानसिंह अर्यालले युवाहरुलाई आत्मनिर्भर बनाएर स्वरोजगार बनाउने उद्देश्यले तालिम प्रदान गरिएको बताउनुभयो ।

तालिमले दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पग्ने उहाँको भनाई छ । नगरपालिकाले प्रत्येक वर्ष सिपमुुलक तालिम सञ्चालन गर्दै आइरहेको बताउनुुभयो । सिकेका सिपलाई उपयोग गर्ने र व्यवसायिक रुपमा अगाडि बढ्न चाहनेका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुुभयो ।

नगरपालिका उपप्रमुख पद्मा गुरुङले सिकेको सिपलाई भोलिका दिनमा प्रयोगमा ल्याउन आग्रह गर्नुभयो । नगरपालिकाले ठूलो लगानीसहित दक्ष जनशक्ति बनाउने उदेश्य राखेर तालिम प्रदान गरेकोले आत्मनिर्भर बनेर अघि बढन अनुरोध गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले तालिमले दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पु¥याएको दाबी गर्नुभयो ।

तालिममा बेसीशहरका ११ वटै वडाका युवाहरु सहभागी थिए ।
ड्राइभिङ तालिम १ महिनाको सञ्चालन भएको हो । तालिम समापन कार्यक्रमको कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेलले सञ्चालन गर्नुभएको थियो ।

तालिम बेसीशहरमा रहेका लमजुङ कालिका ड्राईभिङ इन्ष्टीच्यूट र मदरल्याण्ड ड्राईभिङ टे«निङ सेन्टरसँग सम्झौता गरी नगरपालिकाले सञ्चालन गरेको हो । नगरपालिकाले गत वर्ष ९३ जनालाई ड्राईभिङ तालिम प्रदान गरेको थियो ।

Comments Box