बेसीशहर नगरपालिका ४ पुरानकोटलाई बालमैत्री वडा घोषणा



बेसीशहर नगरपालिका ४ पुरानकोटलाई  बालमैत्री वडा घोषणा गरिएको छ ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचकहरु पूरा गरेसंगै शुक्रबार एक कार्यक्रमबीच वडालाई बालमैत्री वडा घोषणा गरिएको हो ।

बालमैत्री वडा घोषणाका लागि शुक्रबार सेवा सदन माविको प्राङ्गणमा आयोजित औपचारिक कार्यक्रममा नगरपालिका प्रमुख गुमानसिंह अर्यालले वडा अध्यक्ष गमबहादुुर गुुरुङलाई बालमैत्री वडा घोषणा भएको प्रमाणपत्र प्रदान गर्नुभएका छ । कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख गुमानसिंह अर्यालले बेसीशहर नगरपालिकालाई २०८२ साल भित्र बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी अनुरुप अहिले वडा–वडामा कार्यक्रम भइरहेको बताउनुभयो ।

उहाँले वडालाई बालमैत्री घोषणा गर्न वडा कार्यालय, सहयोगी निकाय ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) तथा वल्र्ड भिजन अन्तराष्ट्रिय गैरसकारी संस्थाको योगदान रहेको बताउनुभयो । बालमैत्री वडा घोषणाका लागि सरकारले तयार पारेको ५१ वटा सूचक पूरा गरेकोमा वडा नं. ४ ले ९५ प्रतिशत अंक प्राप्त परेको छ । बालमैत्री वडा घोषणा गर्न कम्तीमा ८० प्रतिशत अंक प्राप्त गर्नुपर्ने प्रावधान छ ।

कार्यक्रममा नगरपालिका उपप्रमुख पदमा गुरुङ, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुुर गुुरुङ, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्याल, प्रहरी नायव उपरिक्षक मिन बहादुुर घले,  शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख बीरबहादुर गुरुङ, वल्र्ड भिजनका प्रतिनिधि शुक्रराज गुरुङ, ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) का अध्यक्ष राजेन्द्र बोहरा, बेसीशहर नगरपालिका शिक्षा शाखा प्रमुख किसानराज चिलुुवाल, वडा नं ३ का अध्यक्ष चित्रबहादुुर दनाइ, वडा नं. ५ का अध्यक्ष इन्द्रबहादुुर गुुरुङ लगायतले बालमैत्री व्यवस्थाको दीगोपनलाई ध्यान दिनुपर्नेमा जोड दिनुुभएको छ ।

कार्यक्रममा बेंसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेलले बालमैत्री घोषणाका लागि पूरा गर्नुपर्ने ५१ वटा सूचकबारे जानकारी गराउनुभएको थियो । यसमा दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराइएको हुनुपर्ने, ५ वर्षमुनिका सबै बालबालिकाको जन्मदर्ता भएको हुनुपर्ने, स्थानीय तह बालविवाह मुक्त भएको हुनुपर्ने, सडक बालबालिकाको संख्या शून्य हुनुपर्ने, ५ देखि १४ वर्ष उमेरसमूहका सतप्रतिशत बालबालिकाले आधारभूत शिक्षा पूरा गरेको हुनुपर्ने लगायतका विषय छन् ।

बेसीशहर नगरपालिका ४ का वडा अध्यक्ष गमबहादुुर गुुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सलिना वि.क ले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन  सेवासदन माविका शिक्षक सुर्यकान्त खनालले गर्नुुभएको थियो । औपचारिक कार्यक्रमअघि स्थानीयले बाजागाजा, झाँकी ¥याली निकालेका थिए । कार्यक्रममा सचेतनामुुलक नाटक प्रस्तुुत गरिएको थियो । वडा नं ४ सहित हाल सम्म बेसीशहर नगरपालिकाका ५ वटा बालमैत्री घोषणा भइसकेका छन् ।

११ वटा वडा रहेको बेसीशहर नगरपालिकामा हालसम्म वडा नं १, २, ४, ६ र १० नं वडा बालमैत्री घोषणा भइसकेको नगरपालिकाले जनाएको छ ।

Comments Box