गायक भक्तराज आचार्यको निधन !



काठमाडौं,फागुन १४-

वरिष्ठ गायक तथा संगीतकारभजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए । जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको माया लागेर आउँछ, जति चोट दिन्छौ देऊ मायालु  लगाएत गितहरु उहाँले गाउनु भएको छ।

संगीतकार हरि लम्सालका अनुसार अपरान्ह साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराज र लम्सालले उनलाई मेडिसिटी अस्पताल लैजाँदा गर्दा बाटोमै निधन भएको हो । आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ ।

Comments Box