हिरा केसीको उमेदवारी फिर्ता अध्यक्षमा नवराज लाइ समर्थन



नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशनमा बागलुङ जिल्ला अध्यक्ष रहेका हिरा केसीले उमेदवारी फिर्ता लिएका छन् । आफ्नो समर्थन नवराज शर्मालाइ दिदै फिर्ता लिएको उनले जानकारी दिएका छन् । “ग्राउण्ड रियालिटी र परिस्थितलाइ मुल्याङ्कन गरी उमेदवारी फिर्ता लिएँ । नवराज कमेरडलाइ मेरो साथ र समर्थन रहेको छ । ” – उनले भने ।

 

केसीको उमेदवारी फिर्तासँगै गण्डकी प्रदेशका नौ जिल्लाका अध्यक्षहरुको समर्थन नवराज शर्मा र उनको टिमलाइ भएको छ । यसले निर्वाचनमा आफ्नो पक्षलाइ थप सहज बनाएको उनको समूहले दाबी गरेको छ।

 

गण्डकी प्रदेशको प्रथम अधिवेशनमा मनोनयन दर्ता पश्चात उमेदवारी फिर्ता लिने कार्य जारी छ । आकाङ्क्षीहरु समहतिको प्रयासमा रहेका छन् । आजै साझ अवेर सम्ममा मतदानको प्रक्रिया कार्य शुरु गर्ने एमाले गण्डकीले जनाएको छ ।

Comments Box