स्वर्णिम वाग्ले धनगढी पुगेर स्वतन्त्र मेयर हमाल सँग भेटघाट गरेका छन्।



काठमाडौं २१ श्रावण,राष्ट्रिय स्वतन्त्र पार्टिका सांसद  स्वर्णिम वाग्लेले धनगढी उपमहा नगरपालिकाका मेयर गोपाल हमालसँग भेटघाट गरेका छन्। पार्टीको प्रादेशिक प्रशिक्षणमा सुदूरपश्चिम पुगेका वाग्लेले मेयर हमालसँग भेटघाट गरेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन्।

भेटघाटको तस्बिर साख्दै  सामाजिक संजाल फेसबुक उहाले लेख्नु हुन्छ:-

**सुदूरपश्चिमका ‘राष्ट्रिय’ मेयर**
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रादेशिक प्रशिक्षणमा धनगढी आएको मौका छोपेर चर्चित मेयर गोपी हमालसँग आज ७५ मिनेट छलफल गरें। सुशासन, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, नागरिक सुरक्षा, शहरी सौन्दर्य जस्ता विषयमा ‘डेलिभरी’ कसरी दिन सकिएको छ भन्नेबारे उहाँको कार्यशैली प्रेरणादायी लाग्यो। एकजना दलविहीन ‘स्वतन्त्र’ नेता पनि भ्रष्ट दलतन्त्रको दलदलमा किन र कसरी सफल बन्न सक्दोरहेछ भन्नेबारे उहाँको अनुभव रोचक छ। देश बनाउने ‘मिसन २०८४’ का लागि बडो उपयोगी भलाकुसारी!
Comments Box