नेकपा एस तनहुँका अध्यक्ष सहितको समूह नेकपा एमालेमानै फर्किए



२०८० साउन ५ काठमाडौं, नेकपा एमाले तनहुँ जिल्ला कमिटिले शुक्रबार दमौलीमा आयोजना गरेको पार्टी समाहित कार्यक्रममा नेकपा एकीकृत समाजवादी (एस) तनहुँ जिल्ला कमिटि अध्यक्ष श्रीराम कार्की सहितको २० जनाभन्दा बढी नेता तथा कार्यकर्ता आफ्नो मुल घर नेकपा एमालेमा फर्किएका छन् ।

 

 

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ,सचिव गोकर्ण विष्ट, गण्डकी प्रदेश सभा सदस्य गणेश मान गुरुङ लगाएतका नेता तथा कार्यकर्ताले श्रीराम कार्की  सहितको समूहलाइ पार्टीमा स्वागत गरे ।

 

Comments Box