उदाउंदो पर्यटकिय गन्तव्य – लमजुङ को “हर्सिङडाँडा”

मनास्लु,डा.हर्क पिक,हिमालचुली लगायत थुप्रै हिमशृंखलाहरु अवलोकन गर्न सकिने



लमजुङ जिल्ला मर्स्याङदी गाउँपालिका-३ मा अवस्थित हर्सिङडाँडा प्राकृतिक साैन्दर्यताले भरिपूर्ण पर्यटकीय गन्तव्यकाे रुपमा विकसित भइरहेकाे छ।

 

सरदार भक्ति थापाले बाल्यकालमा गाईगाेठ बस्ने खर्ककाे रुपमा पनि हर्सिङडाँडालाई चिन्ने गरिन्छ। हर्सिङडाँडा समुद्री सतहबाट २३०० मिटरकाे उचाइमा अवस्थित छ।

 

यहाँबाट मनास्लु, डा.हर्क पिक, हिमालचुली लगायत थुप्रै हिमशृंखलाहरु अवलोकन गर्न सकिन्छ। साथै मर्स्याङदी गाउँपालिकाका अधिकांश गाउँहरु, मर्स्याङदी नदी, सदरमुकाम बेसिशहर, स्मार्ट भिलेज घलेगाउँ र बन्दीपुर डाडाँसमेत हेर्न पाइन्छ।

 

करिव २ वर्षअघिदेखि प्रचारप्रसार बढेकाेले यहाँ घुम्न आउने आन्तरिक पर्यटककाे संख्या दिनाहुदिन बढिरहेकाे छ।

 

तस्विर : पूर्ण गुरुङ

 

पर्यटककाे सहजताकाे लागि अहिले हर्सिङडाँडामा स्थानिय युवाहरुले “हर्सिङ कम्यूनिटी क्याम्प साइट” पनि सञ्चालनमा ल्याएका छन्।

Comments Box