अमेरिकाद्वारा हाइपरसोनिक मिसाइल परीक्षण

ध्वनिको गतिभन्दा पाँच गुणा छिटो गतिमा प्रहार गर्न सकिने



न्युयोर्क—अमेरिकाले हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ ।

 

ध्वनिको गतिभन्दा पाँच गुणा छिटो गतिमा प्रहार गर्न सकिने रेथियोन टेक्नोलोजी कर्प एयर–ब्रेथिङ हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको अमेरिकी रक्षा मन्त्रालयले पेन्टागनले जनाएको छ  ।

 

सन् २०१३ पछि उसको यो तेस्रो सफल परीक्षण हो ।

 

यसअघि जुन २९ मा पनि विभिन्न प्रकारका हाइपरसोनिक हतियारको परीक्षण असफल भएका थिए ।

Comments Box