एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सले मर्ज प्रस्ताव पारित गरिँदै

एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब २५ करोड र हिमालयन जनरलको एक अर्ब १७ करोड रुपैयाँ



काठमाडौं, २ असार: एभरेष्ट इन्स्योरेन्सको बिहीबारे विशेष साधारण सभा बस्दैछ । सभामा हिमालयन जनरल इन्सुरेन्सँग मर्ज हुने प्रस्ताव पेस हुँदैछ ।

 

 

मर्ज हुने भएपछि हाल एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का  गरेको छ । यी दुई कम्पनीहरुबीच गत २२ वैशाखमा मर्जसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

 

 

हाल एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब २५ करोड र हिमालयन जनरलको एक अर्ब १७ करोड रुपैयाँ छ ।

 

यसैगरी, हिमालयन जनरल इन्स्योरेन्सको पनि बिहीबार नै विशेष साधारण सभा बस्दैछ । सभामा एभरेष्ट इन्सुरेन्सँग मर्ज हुने प्रस्ताव पेस हुनेछ ।

 

हाल हिमालयन जनरलको चुक्ता पुँजी एक अर्ब १७ करोड रुपैयाँ छ । यी बिमा कम्पनीले बिमा समितिले तोकिएको पुँजी पु¥याउनका लागि मर्जरको बाटो रोजेका हुन् ।

 

बिमा कम्पनीबीच यो पहिलो मर्जर सम्झौता पनि हो । समितिले निर्जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी एक अर्ब रुपैयाँबाट बढाएर साढे दुई अर्ब रुपैयाँ पु¥याएको छ ।

Comments Box