![](
https://tilichonews.com/wp-content/uploads/2022/01/Press-Chautari-Nepal.jpg
)
![](https://tilichonews.com/wp-content/uploads/2023/01/FarmHouse_Ad.png)
नेकपा (एमाले) निकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको नवौं महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा सभागृहमा महाविधेसनको उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनमा भाग लिन देशभरका प्रतिनिधि पोखरा आइसकेका छन् । महाधिवेशनमा १ हजार ५० जना प्रतिनिधि, सल्लाहकार पोखरा आउने आवास व्यवस्थापन समितिका संयोजक दीपेन्द्र श्रेष्ठले बताए ।
यो महाधिवेशनले संशोधित विधान पास गर्नेछ भने नयाँ नेतृत्व चयन गरेर सकिनेछ । अध्यक्षका लागि ४ जनाको नाम चर्चामा छ । हालका अध्यक्ष गणेश बस्नेत फेरि दोहोरिने तयारीमा छन् । महाधिवेशनको संयोजक तथा प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डे, उपाध्यक्षद्वय माधव नेपाल र टिका विष्टको पनि दावी छ ।
![](https://tilichonews.com/wp-content/uploads/2021/02/Tilicho-Home.png)
प्रेस चौतारीको ७ वटै प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान र एशोसियटमा कमिटी चयन (नामावलि)
२२ फाल्गुन २०७८: प्रेस चौतारीले सात वटै प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान र एशोसियटमा कमिटी चयन गरेको छ ।
प्रदेश अध्यक्षहरुको नामावलि:
प्रदेश १ – अविजाल विष्ट
मधेस प्रदेश – फणि महत
वागमती – शरद सापकोटा
गण्डकी – इन्द्र पौडेल
लुम्बिनी – शोभाखर पन्थी
कर्णाली – प्रकाश अधिकारी र
सुदूरपश्चिम – कृष्ण ओली
उपत्यका प्रदेश – विष्णु आचार्य
प्रतिष्ठान प्रदेश – सरोज ढुङ्गेल र
एशोसियट प्रदेश – श्रीहरि थापा
पत्रकारहरु प्रविधिमैत्री हुन सके व्यवसायिक निखारता आउने – उपमहासचिव गुरुङ
२२ माघ २०७८: प्रेस चौतारी नेपाल स्थापना दिवसको शुभकामना सन्देश जारी गर्नु हुँदै नेकपा (एमाले)का उपमहासचिव, प्रचार विभाग प्रमुख तथा प्रेस चौतारी नेपालका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले भन्नुभएको छ , ‘पत्रकारहरु अनुसन्धान, खोज र अध्ययनमा केन्द्रित हुँदै प्रविधिमैत्री हुन सके व्यावसायिक निखरता आउन सक्छ । व्यावसायिक निखरता भए सत्ता र शक्तिको आलोचनात्मक खबरदारी गर्न सकिन्छ । जुन पत्रकारहरुको धर्म नै हो ।’
सन्देशमा थप भनिएको छ: ‘पछिल्लो विकसित राजनीतिक घटनाक्रम, कम्युनिस्ट आन्दोलनबाट प्राप्त परिवर्तनलाई जोगाइराख्न सञ्चार क्षेत्रको भूमिका सशक्त बनाउनुपर्ने आवश्यकता छ । त्यसका लागि साथीहरुको प्रतिबद्धताबाट प्रभावित छु । पत्रकारिता फगत सूचना र समाचारको प्रकाशनप्रसारण नभई मानवीय हितकेन्द्रित कर्म हो । र प्रगतिशील पत्रकारिता त झनै हो ।’
प्रेस चौतारी नेपाल स्थापनाको २४औँ वर्षमा
२२ माघ २०७८ (रासस): प्रेस चौतारी नेपाल स्थापनाको २४औँ वर्षमा प्रवेश गरेको छ । विसं २०५५ मङ्सिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा संस्था दर्ता गराएको थियो ।
सोही दिनको स्मरणमा आज चौतारीले केन्द्रस्तरसहित विभिन्न जिल्लामा कार्यक्रम तय गरेको छ । चौतारीका अध्यक्ष गणेश बस्नेतका अनुसार आजै हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार’, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार’ लगायत पुरस्कारबाट पुरस्कृत हुने पत्रकारको नाम घोषणा गरिनेछ । आजकै लागि चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन पोखरामा तय गरिएकामा कोभिड–१९ को तेस्रो लहरका कारण स्थगन गरिएको जनाइएको छ ।
तथ्य र सत्यमा आधारित रहेर मात्र समाचार लेख्न पत्रकारलाई आग्रह
१९ पुष २०७८: गौरादहस्थित नमूना घरबास आयोजनाको प्राङ्गणमा भएको प्रेस चौतारी नेपाल झापाको अधिवेशनको उद्घाटन नेकपा (एमाले)का उपमहासचिव तथा प्रेस चौतारीका इन्चार्ज पृथ्वीगुरुङ सुब्बाले गर्नुभएको थियो । उहाँले तथ्य र सत्यमा आधारित रहेर मात्र समाचार लेख्न पत्रकारलाई आग्रह गर्नुभयो । उहाँले नागरिक हक स्थापना, विकास र समृद्धिका पक्षसमेत कलम चलाउन आग्रह गर्दै मिसन पत्रकारिताभन्दा व्यावसायिक पत्रकारिता गर्न पत्रकारलाई प्रेरित गर्नुभएको थियो ।
प्रेस चौतारी झापाको अध्यक्षमा मनकुमार
प्रेस चौतारी नेपाल झापाको अध्यक्षमा मनकुमार गदाल चयन हुनुभएको छ । सोमबार भएको नवौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा प्रदीप परियार, महिला उपाध्यक्षमा गङ्गा बराल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा तिलक योञ्जन, अच्युत सुवेदी, कोषाध्यक्षमा सरोज चौलागाईँ चयन हुनुभएको हो ।
तीनवर्षे कार्यकालका लागि २५ सदस्यीय समिति चयन भएको निर्वाचन समितिका संयोजक गणेश पोखरेलले बताउनुभयो । समितिको सदस्यमा खगेन्द्र घिमिरे, युवराज आचार्य, पुस्कर गुरगाईँ, भूमिराज पराजुली, राजु पोखरेल, मीना विश्वकर्मा, कुमार उप्रेती, राजु सन्तोषी थापा, सरोज भट्टराई, जीवन चुँडाल, लक्ष्मीप्रसाद अधिकारी, रुपा बुढाथोकी, रविता राउत, नन्दलाल खतिवडालगायत छन् ।
एमाले मात्र सच्चा कम्युनिष्ट : उपमहासचिव गुरुङ
नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले मात्र सच्चा कम्युनिष्ट भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल झापाको नवाँै जिल्ला अधिवेशनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्व राजनीति धु्रवीय शक्तिका रुपमा स्थापित हुँदै गएको र नेपालमा समेत त्यस्तै राजनीति अवस्था देखिँदै गएकाले अब समग्र कम्युनिष्टको नेतृत्व एमालेले मात्र गर्ने जिकिर गर्नुभयो ।
उहाँले समग्र बृहत कम्युनिष्टलाई सङ्गठित गर्न सक्ने भनेको एमाले मात्र भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “एमाले सक्कली कम्युनिष्ट हो, सक्कली कम्युनिष्टको पक्षमा देशभरि फेरि जनलहर आउने छ। ”
अधिवेशन उद्घाटनमा एमाले झापाका इन्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य अग्नि खरेल, एमाले प्रदेश कमिटीका इन्चार्ज देवराज घिमीरे, स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ का सहइन्चार्ज हिक्मत कार्की, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरी, प्रेस चौतारीका प्रदेश कमिटी इन्चार्ज लीलाराज भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
करिब एक सय ५० पत्रकार तथा सञ्चारकर्मी सहभागी रहेको अधिवेशनको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।