आफैले हस्ताक्षर गरेको पत्रबारे पार्टीलाई गुम्राहमा राखेका प्रचन्डले आखिर एमसिसि पास गर्ने निर्णय गराएरै छोडे



नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको नेता वर्षमान पुन (अनन्त)ले जानकारी दिए । प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो ।

 

 

सत्ता गठबन्धन भत्किने भएपछि नेकपा माओवादी केन्द्रले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । कांग्रेस र एमालेबीच सहमति अघि बढेपछि शुक्रवार नै प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिममा आफूहरु एमसीसी अनुमोदनको पक्षमा उभिने भन्दै केपी ओलीसँग कुनै सम्झौता नगर्न आग्रह गरेका थिए । देउवाले पार्टीको संस्थागत निर्णय मागेपछि शनिवार दिनभर दुवै नेताले आ आफ्नो पार्टीमा सल्लाह गरेका थिए । फेस सेभका लागि संसदबाट एकपक्षीय घोषणा गर्ने गरि एमसीसी पास गर्ने र गठबन्धन पनि जोगाउने सहमति शनिबारै भएको थियो ।

 

 

 

यद्यपी कांग्रेसले विश्वास नगरेका कारण दुवै दलले आइतबार बैठक राखेर निर्णय बुझाउने भनेपछि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीचको वार्ता अन्तिममा रोकिएको थियो । गठबन्धत भत्किँदा ठूलो क्षति हुने र आगामी तीनै तहका चुनाव एक्लै लडेर जित्न नसकिने आँकलन गरेपछि प्रचण्डर माधव नेपालले एमसीसी पास गर्ने समझदारी गरेका थिए । यद्यपी दुवै पार्टीमा चरम अशन्तुष्टि छ ।

 

एमसिसि लाई लेखेको पत्रबारे पार्टीलाई किन गुम्राहमा राखे प्रचण्डले ?

 

 

अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गरिसक्न नेपाल सरकारलाई समयसीमा दिएको छ । एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृतले ३ फेब्रुअरीमा नेपाललाई पत्र लेख्दै एमसीसी सम्झौता कार्यान्वयनका लागि अमेरिकाले लामो समय कुर्न नसक्ने प्रष्ट पारेका हुन् ।

 

 

एमसीसीले पठाएको पत्र भने सरकारले गुपचुप राख्न खोजेको थियो । सत्ता गठबन्धनका दलहरूबीच पनि पत्र सार्वजनिक गरिएको छैन ।

 

के गठबन्धन एमसिसि (MCC) पारित गराउँदै छ ?

१६ माघ २०७८: प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच ‘राष्ट्रिय हित प्रतिकुल नहुनेगरी’ सम्झौता संसदबाट पारित गराउने सहमति भएको खबरहरु बाहिर आएका छन ।

 

शनिबार बिहानको गठबन्धन समन्वय समितिको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएपनि समितिको बैठकलगत्तै देउवा, प्रचण्ड र नेपाल छुट्टै छलफलमा बसेका थिए । सो बैठकमा गठबन्धनका संयोजकसमेत रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि बोलाइएको थियो । गठबन्धनका एक शीर्ष नेताका अनुसार ४ जना नेताबीच एमसीसी पारित गर्ने ‘सैद्धान्तिक सहमति’ बनेको बताईएको छ ।

 

सम्झौता पारित नगरी अधिवेशन अन्त्य भएकोमा एमसिसी मुख्यालयको असन्तुष्टि

१५ कार्तिक २०७८: अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मुख्यालयले एमसिसी सम्झौता पारित नगरी संसद्को अधिवेशन अन्त्य भएकोमा असन्तुष्टि पोखेको समाचार आज को नयाँ पत्रीका दैनिक बाट लिईएको छ ।  । शुक्रबार जारी विज्ञप्तिमा एमसिसीले नेपाल र अमेरिकाबीच ७० वर्षदेखि साझा मूल्य, प्रजातान्त्रिक मान्यता र विश्वासमा आधारित सुदृढ साझेदारीको निरन्तरता एमसिसी परियोजना भएको जिकिर गरेको छ । एमसिसी अघि बढ्ने नबढ्ने अब नेपालकै हातमा रहेको पनि उसले स्पष्ट पारेको छ ।

 

एमसिसीले भूकम्पपछि अमेरिकाले नेपाललाई गरेको सहयोग, कोभिडविरुद्ध हालै १६ लाख खोप उपलब्ध गराएको पृष्ठभूमि उल्लेख गर्दै एमसिसी सम्झौता अनुमोदन गर्न कूटनीतिक दबाब दिएको छ । अमेरिकाले दिने भनेको ५० करोड अमेरिकी डलरबराबरको एमसिसी सम्झौता नेपाली कानुनअनुसार संसद्बाट पारित गर्न ढिलाइ हुनुले लाखौँ नेपालीहरूले लिने फाइदामा ढिलाइ भएको पनि एमसिसीले जिकिर गरेको छ ।

 

एमसिसीका उपाध्यक्ष फतेमा सुमारको नेपाल भ्रमण, सरकारले पठाएका प्रश्नहरूको प्रस्टीकरण उल्लेख गर्दै एमसिसीले नेपाल सरकारको प्रतिबद्धताले सम्झौताको आगामी बाटो स्पष्ट पारिसकेको पनि दाबी गरेको छ । एमसिसी पारित हुनुअघि नै संसद्को अधिवेशन अन्त्य भए पनि गठबन्धनका नेताहरूले एमसिसी संसद्बाट पारित गर्ने प्रक्रियाबारे जानकार रहेको धारणा व्यक्त गरेको एमसिसीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

 

एमसिसी पारित हुन भइरहेको ढिलाइले ५० करोड अमेरिकी डलर अनुदानबाट हुने परियोजनाले दुई करोड ३० लाख मानिसलाई भरपर्दो ऊर्जा सुरक्षित रोडको पहुँचमा पुग्न ढिलाइ भएको विज्ञप्तिमा उल्लेख छ ।

Comments Box